उर्मिला यादव यात्री , २५३ पटक हेरिएको

भैरहवा, पुस १२
रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्बर ५ गौरीमा निशुल्क आखां शिविर तथा शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको आयोजना तथा ओमसतिया गाउपालिका वडा नम्बर ५ को सहयोग र नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखां अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार निशुल्क आखां शिविर तथा शल्यक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धको संस्थापक अध्यक्ष सन्दिप कसौधनको अध्यक्षता तथा पुर्व राज्यमन्त्री एवम लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा निशुल्क आखां शिविर गरिएको हो । शिविरको उदघाटन गर्दै प्रमुख अतिथी रज्जाकले आखां नै जिवनको ज्योती भएकोले आखांको स्वास्थ्यलाई बिशेष प्राथमिकता दिन आग्रह गर्नु भएको छ । उहाले आखा बिना जिवन नै अध्यारो हुने भएकोले आखाको हेरचाह र खानपानमा बिशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । प्रमुख अतिथी रज्जाकले ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा विभिन्न संघ–संस्थाहरुको सहकार्य र समन्वयमा शिविर सञ्चालन भएको र आगामी दिनमा पनि आखां स्वास्थ्य शिविरलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।
ओमसतिया गाउँपालिका वडा नम्बर ५ गौरीमा रहेको श्री ओमसतिया आधारभूत विद्यालयमा भएको निःशुल्क शिविरमा ४६२ जनाको आँखा परीक्षण गरिएको लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धको संस्थापक अध्यक्ष सन्दिप कसौधनले जानकारी दिनु भएको छ । आँखा परीक्षण गरिएकामध्ये १४० जनामा मोतीयाबिन्दु पाइएको र सो को शल्यक्रिया अस्पतालले निशुल्क गर्ने आयोजकले जनाएको छ ।
आखां शिबिरमा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखां अस्पतालका बरिष्ठ नेत्र अधिकृत डा. संजिव अधिकारी, रोहिणी आइ केयर सेन्टरका इन्चार्ज बिजय कुमार लगायतको १४ जनाको टीमले आखां परीक्षण गरेको थियो । भने कार्यक्रममा लियो डिष्ट्रिक थ्री टु फाइफ ग्रुप सी का एरिया चिफ मनिष ढकाल, लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धका कार्यक्रम संयोजक लियो अभिषेक सापकोटा, ओमसतिया गाउपाििलका वडा नम्बर ५ का वडासचिव, वडासदस्यहरु, सरोकारवाला ब्यक्तित्वहरु लगायत स्थानियको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-१२-२७ , समय : २१:०३:०३ , १ महिना अगाडि