रुपन्देही खबर , १०२ पटक हेरिएको

परासी, बैशाख २०
हरेक बर्ष २५ अप्रिलमा मनाउदै आइएको लामखुट्टेको टोकाइबाट सर्ने अत्यन्त जोखिमयुक्त रोग ’औलो’ विरुद्धको दिवस पश्चिम नवलपरासीमा पनि मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले पुनर्लगानी, पुनर्सोच र पुर्नजागरण हामीबाटै औलो निवारण भन्ने नारा सहित सञ्चारकर्मीहरू र सरोकारवालाहरूसंग शुक्रवार परासीमा अन्तरक्रिया कार्यक्रम गरि विश्व औलो दिवस मनाएको छ । स्वास्थ्य कार्यालयका नवलपरासीका बरिष्ठ मलेरिया इन्स्पेक्टर देवीलाल पौडेलले जिल्लामा औलो अवस्थाको बारे तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नवलपरासीमा ९ जना औलो रोगका बिरामी भेटिएको जानकारी दिनु भएको छ । उहाले गत वर्ष १६ जनामा औलो भेटिएको बताउनु भयो ।
चालु आर्थिक बर्षमा सबैभन्दा बढी रामग्राम नगरपालिकामा ४ जना औंलो रोगका सक्रमित भेटिएको इन्स्पेक्टर पौडेलले बताउनु भएको छ । उहाका अनुसार बर्दघाट नगरपालिकामा ३ जना र सुनवल २ जना ओैलो रोग सक्रमित भेटिएको जानकारी दिए । चालुबर्षमा पाल्हीनन्दन,सुस्ता प्रतापपुर सरावल गाउँपालिका ओैलो रोग सक्रमित नभेटिएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
स्वास्थ्य कार्यालय नवलपरासी प्रमुख अंगद बहादुर शाहीले औलो रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउँदै लामखुट्टेका ४ सय ३० प्रजातिका लामखुट्टे रहेकोमा ४३ जातका लामखुट्टेले औलो सार्ने सक्ने बताउनु भएको छ । अहिलेसम्म नेपालमा ४ प्रकारका लामखुट्टेको टोकाइले औलो सारेको पाइएको भनाई थियो । नेपाल सरकारले सन २०२५ मा स्थानीय औलोलाई शून्यमा राख्ने र बाहिरबाट आएकालाई नियन्त्रण गर्ने लक्ष्य राखेको थियो तर आजसम्मको अवस्था हेर्दा यो लक्ष्य पूरा नहुने देखिन्छ
प्रकाशित मिति: २०२५-०५-०३ , समय : २०:४२:०६ , ६ दिन अगाडि