रुपन्देही खबर , ६० पटक हेरिएको

भैरहवा, जेठ ३
अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर नगर कमिटी रुपन्देहीको दोस्रो नगर अधिवेशनले हरिप्रसाद जैसवालको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिती गठन गरेको छ । आज भैरहवामा आयोजित अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर कमिटीको दोस्रो नगर अधिवेशनले जैसवालको अध्यक्षतामा नया कार्य समिती गठन गरेको हो । जसको उपाध्यक्षमा गंगा घिमिरे, ऐन बहादुर थापा, सचिवमा कमल गौतम, उपसचिवमा शुशिल पौडेल, कोषाध्यक्षमा रामनारायण केवट रहनु भएको छ ।
यस्तै गरी सदस्यहरुमा काशीराम मराशिनी, त्रिवेणी पाल, राजकुमार ,शम्भु लोध, केशर लाल चौधरी, दुखी दाडी, जमुना रेग्मी पौडेल, सृजना ज्ञवाली पौडेल, उर्मिला यादव र नामदेव न्यौपाने रहनु भएको छ ।
कमल पोख्रेलको अध्यक्षता तथा अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरीको प्रमुख आतिथ्यतामा महासंघको दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो । अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर नगर कमिटीका उपाध्यक्ष ऐन बहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्र थापा, किसान महासंघ रुपन्देही जिल्ला ईन्चार्ज कृष्ण प्रसाद पन्थी, अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य एवम रुपन्देही जिल्ला इन्चार्ज चुमकला बस्याल, नेकपा एमाले पार्टी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, लगायतले बोल्नु भएको थियो भने कार्यक्रम संचालन किसान महासंघ सिद्धार्थनगर कमिटी सचिव पदम प्रसाद पन्थले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०५-१७ , समय : २२:१५:५३ , ४ घन्टा अगाडि