नेपाल दिगो पर्यटन क्लबद्धारा झुलनीपुरमा सरसफाई

रुपन्देही खबर , २१४  पटक हेरिएको

झुलनीपुर, जेठ २२

विश्व वातावरण दिवस, प्रत्येक वर्ष जून ५ मा मनाइन्छ । यस दिवसले वातावरण संरक्षणको लागि जागरुकता ल्याउन प्रोत्साहित गर्दछ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ रुपन्देहीमा पनि विश्व वातावरण दिवस २०८२ विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न ठाउँमा बृक्षारोपणदेखि सरसफाई, वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् ।

यस्तै गरी विश्व वातावरण दिवसको अवसरमा रुपन्देहीको मायादेवी गाउपालिका वडा नम्बर ४ झुलनीपुरमा अवस्थित लुम्बिनी शिक्षा निकेतन स्कुलमा गठित नेपाल दिगो पर्यटन क्लबले विद्यालय प्राङ्गण देखि झुलनीपुर चोक (बजार) सम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी शिक्षा निकेतन कक्षा १० विद्यार्थी तथा नेपाल दिगो पर्यटन क्लबका अध्यक्ष राहुल चुँदालीको अध्यक्षता एवं क्लबका संरक्षक एवं विद्यालयका प्राचार्य नामदेव अर्यालको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल दिगो पर्यटन क्लबका संरक्षक एवंम विद्यालयका प्राचार्य अर्यालले हाम्रो समुदायको सरसफाईमा हामी आँफै जिम्मेवार हुनुपर्ने बताउदै आफनो घरको सरसफाइ गर्ने कार्यमा सरिक हुनु पर्ने जोड दिनु भएको छ । उहाले आफनो गाउ टोलको सरसफाईमा आफै सरिक हुनुपर्ने बताउदै झुलनीपुर चोक सरसफाईमा यहाको स्थानिवासीको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नु भयो । उहाले दैनिक रूपमा संकलित फोहर व्यवस्थापनका लागि ढुवानी गाडीको ब्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नु भएको छ ।

यस्तै गरी मायादेवी गाउँपालिका वडा नं ४ का वडा सदस्य शिव कुमार लोध, न्यु अहमद टेन्ट हाउसका सञ्चालक अहमद अली मुसलमान एवं स्थानिय युवा आजाद खानले लगायतले बोल्दै अबका दिनमा झुलनीपुरको सरसफाईमा विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्नू भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा सरसफाइ अभियानमा होमिएका बिद्यालयका विद्यार्थीहरूलाई विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले सम्मान समेत गर्नु भएको थियो भने कार्यक्रम संचालन कार्यक्रम संयोजक एवम विद्यालयका शिक्षक लेलिन भुर्तेलले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२५-०६-०५ , समय : २३:०५:२३ , १ दिन अगाडि