सुरक्षित बैदेशिक रोजगारीका लागी भैरहवामा पत्रकार संग अन्तरक्रिया

रुपन्देही खबर , १६८  पटक हेरिएको

भैरहवा, जेठ ३१

सुरक्षित आप्रवासन “सामी” कार्यक्रमले शुक्रवार भैरहवामा सुरक्षित बैदेशिक रोजगारीका लागी पत्रकार संग अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्नू हुदै सामी कार्यक्रमको जिल्ला संयोजक सिता पन्थ भण्डारीले चालु आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दैे ६ हजार १ सय ६ जना महिला र १४ हजार ५ सय ७८ जना पुरुष गरी २० हजार ६ सय ८४ जनालाई बैदेशिक रोजगारी सम्बन्धि निशुल्क परामर्श प्रदान गरेको बताउनु भएको छ । उहाले सामी कार्यक्रमले समुदाय स्तरमा गहन अभिमुखी गर्दै आएको जानकारी दिदै बुटवल उपमहानगरपालिकामा ४८, सिद्धार्थनगर नगर पालिकामा ४८, कञ्चन गाउँपालिकामा ४८ वटा र तिलोत्तमा नगरपालिकामा ८ वटा अभिमुखीकरण कार्यक्रम गरेको बताउनु भयो ।


जिल्ला संयोजक पन्थले सामीले आफै तालिम चलाउदैन तर इच्छुक ब्यक्तिहरुलाई सरकारी वा साझेदारी संस्थाबाट संचालित सीप तालिममा सहभागी गराउन सहयोग गर्दै आएको बताउदै यसले तालिम पाउन आवश्यक जानकारी , सल्लाह, दर्ता, प्रक्रिया आदिमा सहजीकरण गर्दै आएको जानकारी दिनु भयो ।

सामी कार्यक्रम मार्फत बैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सीप तालीममा १० जना महिला तथा ४ जना पुरुष गरि १४ जनालाई प्रतिनिधित्व गराउदै आएको छ । यस्तै गरी बैदेशिक रोजगारको क्रममा ठगिने, शोषणमा पर्ने वा अन्य समस्या भोग्ने ब्यक्तिहरुलाई सामी कार्यक्रमले कानुनी परार्मश , उजुरी दर्ता, मध्यस्थता र क्षतिपुर्तिको प्रकियामा सहयोग प्रदान गर्दै आएको छ भने आ.ब. २०८१ , ८२ मा २३ महिला र २ सय ५२ गरी २ सय ७५ उजुरी परेकोमा १३८ जनाको समस्या समाधान गरिएको जिल्ला संयोजक पन्थले जानकारी दिनु भयो ।

यस्तै गरी आर्थिक सहायता सहजीकरण अन्तर्गत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको अङ्गभङ्ग, मृत्यु तथा कम्पनी टुटेर फिर्ता आएको बापत रकम २ करोड ६८ लाख ८७ हजार ४ सय ७ रुपैया भुक्तानीमा सहजीकरण गरिएको सुचना तथा परामर्शकर्ता लक्ष्मी गुप्ताले बताउनु भएको छ । उहाका अनुसार २०७५ साल देखि नै कार्यालयको खातामा रकम आए पनि ब्यक्तिहरुको ठेगाना लगायतका बारे स्पष्ट जानकारीको अभावमा रकम वितरण हुन सकेको थिएन । यस अवधिमा यस्ता व्यक्ति तथा उहाँहरुको आश्रित परिवारको खोजी गरि उक्त रकम बुझ्न सहजीकरण गरेको गुप्ताले बताउनु भयो ।

यस्तै बिदेशबाट बिमा बापतको १ करोड ४१ लाख ५५ हजार ७ सय ६३ रुपैया, नेपालबाट मृत्यु तथा अंगभंग भएर भएको सहजीकरजीकरण
बाट २ करोड ६८ लाख ९४ हजार ५ सय ७७ रुपैया र ठगीका समस्या सहजीकरणबाट ५० लाख ११ हजार ६ सय २४ रुपैया दिलाउन कार्यक्रमले सहजीकरण गरेको बित्तीय साक्षरता सहजकर्ता भवानी अर्यालले जानकारी दिनु भएको छ ।

यस्तै गरी सामी कार्यक्रमले मनोसामाजिक परार्मश सेवा समेत प्रदान गर्दै आएको छ । जसमा सिद्धार्थनगरमा ३३, तिलोत्तमामा ३१, कञ्चनमा ३५ बुटवलमा २५ र लुम्बिनीमा ३ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । रेमिटेन्स प्राप्त गर्ने ब्यक्ति, विशेष गरि महिलाहरुको लागि बचत, लगानी, बजेट बनाउने जस्ता विषयमा वित्तिय कक्षाहरु समेत सञ्चालन गरिएको छ ।

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम शोषण रहित बनाउन सुरक्षित आप्रवासन “सामी” कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल सरकार र स्वीस सरकार बिच भएको द्विपक्षीय सम्झौता अनुसार रुपन्देही जिल्लाका ५ वटा पालिकामा लागु भएको सामी कार्यक्रम बैदेशिक रोजगारमा जानेहरुलाइ परामर्श मात्र नभई बैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग भएको नेपाली तथा मृत्यु भएकाको हकमा उनिहरुको आश्रित परिवारका लागि पनि राहत एवम क्षतिपूर्तिमा सहजीकरण गर्दै आएको छ ।

सामी कार्यक्रम अन्र्तगत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहेको श्रोत केन्द्रबाट बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुलाई रोजगार प्रक्रिया, कानूनी पक्ष, जोखिम र सावधानी लगायतका आवश्यक जानकारी एवम परामर्श प्रदान गर्दै आएको छ भने समुदाय स्तरमा गहम अभिमुखीकरण, सीप तथा तालीममा पहुँच, कानूनी सहायतामा सहजीकरण गर्दै आएको छ । यस्तै पिडित तथा उनिहरुको आश्रित परिवारलाई आर्थिक सहायता सहजीकरण, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको कोठा नम्बर ११ बाट बैदेशिक रोजगारीमा जानेहरुले यो सेवा लिदै आएका छन ।

प्रकाशित मिति: २०२५-०६-१४ , समय : १०:२१:५१ , २ हप्ता अगाडि