गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो संचालनका विषयमा भैरहवामा छलफल

रुपन्देही खबर , ७४  पटक हेरिएको

भैरहवा, साउन ३१

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो संचालनका विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री प्रसाद पाण्डेले पर्यटन बोर्डको शाखा स्थापना काठमान्डौँ, पोखरा, लुम्बिनी र सुदुरपश्चिममा खोल्ने , यसलाई स्थानीयक्षेत्रको पर्यटन उर्भर बनाउन सहयोग पुराउने बताउनु भएको छ । उहाले पर्यटन प्रहरीलाई नेपालका सवै क्षेत्रमा पुराउने योजना रहेको भन्दै पछिल्लो पटक रारा र खप्तण्ड क्षेत्रमा पछिल्लो समयमा स्थापना राखिएको बताउनुभयो । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि पर्यटन मन्त्रीको चाहानाले मात्र सम्भव नहुने भन्दै सवैपक्षको सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले यो विमान संचालनमा धेरै विषयहरु जरुरी भएको बताउदै यसको नेतृत्व गर्ने जिम्मा आफ्नो भएको भन्दै मन्त्री पाण्डेले केहि कामहरु सम्पन्न भइसकेको भन्दै केहि गर्न नसकिएको जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले यसलाई संचालनका लागि पर्यटन मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नेपालले आवश्यकता अनुसार पर्यटक भित्राउन नसक्नु हाम्रा केहि कमजोरी भएको भन्दै सडक तथा पूर्वाधार र पर्यटन क्षेत्रको विकास जरुरी भएको बताउनुभयो । पर्यटन क्षेत्रको विकास गर्नका लागि नीजिक्षेत्र अगाडी लाग्नुपर्ने भन्दै मन्त्री पाण्डेले नीतिगत रुपमा व्यवस्था सहयोग गरिने बताउनुभयो । उहाँले यो विमानस्थलबाट भारतका विभिन्न विमानस्थलमा उडान गर्ने वातावराण निर्माण भैरहेको बताउनुभयो । नेपालमा विभिन्न एयरलायन्स नेपाल वायूसेवा निगम, बुद्ध, यती, श्री एयरलायन्स लगायतका एयरलायन्सले क्षेत्रिय उडान गर्नुका साथै भारतका विभिन्न शहरमा उडान गर्ने प्रकृया अगाडी बढेको बताउनुभयो । उहाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुखको संयोजकत्वमा बनेको संघर्ष समितिलाई सहजीकरण समिति बनाउन आग्रह गर्नभयो । विरोध भन्दा पनि सहजीकरण र सहकार्य गरेर काम गर्न जरुरी भएको भन्दै लुम्बिनीबासीले बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले यो विमानस्थल जसरी पनि चल्ने भन्दै गुल्जाररुपमा चल्ने बताउनुभयो ।

यस्तै गरी छलफल कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन नहुदा यो क्षेत्रका उद्योगी व्यवसायी संकटमा परेको बताउनुभयो । संसारका मानिसहरुको पवित्रस्थल लुम्बिनीको क्षेत्रमा बनेको यो विमानस्थललाई संचालनमा यहाँले भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । उहाँले सुनको कचौरा भएको यो लुम्बिनी क्षेत्रले चम्चामा भिख मागेको बताउनुभयो । पर्यटन क्षेत्र धरासायी भएको भन्दै नगरप्रमुख खानले काठमान्डौँमा समयमा विमानहरु कहिल्यै नउड्ने भन्दै जनतालाई सधै समस्यामा पार्ने गरेको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरट्राफिकका कारण भिडभाड धेरै बढेको भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पहल गर्न अनुरोध गर्नुभयो । यो विमानस्थल संचालन नहुनुमा भारतको कुनै भुमिका नभएको भन्दै भारतलाई दोष देखाएर सरकार उम्कीन खोजेको बताउनुभयो ।
लुम्बिनीको देशको विकास संग जोडिएको, उहाँले भन्नुभयो । नेपालमा जन्मीएका बुद्धलाई देखाएर संसारभर पर्यटनको विकास गरिएको भन्दै नेपालले यसलाई पर्यटन अर्थतन्त्रमा जोड्न नसक्नु दुर्भाग्य भएको उहाँको भनाई रहेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापवावु तिवारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा विभिन्न समस्या श्रृजना भएको बतानुभयो । उहाँले यहाँबाट भिसा, श्रमस्वीकृती, म्यानपावर र मान्यता प्राप्त भएका स्वास्थ्य संस्थाहरु नहुदा नियमित अन्तर्राष्ट्रिय उडान हुननसकेको बताउनुभयो ।
उहाँले यहाँवाट विगतमा नियमित उडान भएका जजिरा एयरलायन्स र थाईएयरलायन्स राम्रो व्यापार गर्न सफल भएपनि बन्द भएको बताउनुभयो । महाप्रवन्धक तिवारीले आगामी दिनमा यो विमानस्थल संचालन गर्न जरुरी भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउदा पर्यटन क्षेत्र संगै अन्य व्यवसायी पनि धरासायी भएको बताउनुभयो ।उहाँले घरजग्गा व्यवसायीहरुले गरेको लगानी समेत विमानस्थल सञ्चालन नहुदा डुब्ने अवस्थाम पुगेको जानकारी दिनुभयो । उहाँले राज्य संघ विमानस्थल संचालन गर्ने तप्परता नभएकाले विमानस्थल संचालन हुन नसकेको बताउनुभयो । उहाँले यो विमानस्थल संचालनका लागि नीजिक्षेत्रलाई प्रकृया पुराएर दिनुपर्ने बताउनुभयो । यहाँले संसारभरका विभिन्न विमानस्थलहरु नीजिक्षेत्रले संचालन गर्ने गरेको भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि पनि जिम्मा सुम्पुनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले यो विमानस्थल संचालन नहुनु कुलिङ पिरियडमा जस्तै कर्मचारीको बदमासी भएको हो की भन्ने प्रश्न गर्नुभयो । उहाँले काठमाण्डौका विचौलियाको फन्दामा सरकार परेका कारण यो विमानस्थल संचालन नभएको भन्ने आरोप सरकारलाई लाग्ने गरेको उहाँले जानकारी गराउनुभयो ।

संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन नहुनु सरकारको गंम्भिर कमजोरी रहेको बताउनुभयो । उहाँले यो विमानस्थल सरकारले संचालन गर्न नसक्ने भए नीजिक्षेत्रलाई संचालनको जिम्मा दिन आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष श्रेष्ठले यो विमानस्थल संचालनमा पर्यटन मन्त्रीको भूमिका महत्वपूर्ण रहेने बताउनुभयो ।

सिद्धार्थ होटल संघ, रुपन्देहीका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चान संगै लुम्बिनीबासीको भविष्य जोडिएको बताउनुभएको छ । उहाँले यहाँको पर्यटनक्षेत्र धरासायी भएका बताउदै निर्माणाधिन होटलहरुमा बैंकहरुले लगानी गर्न डराएको बताउनुभयो । धेरैजसो पर्यटनक्षेत्र लिलामीको अवस्थामा पुगेको छ । श्रेष्ठले भन्नुभयो “यहाँको राम्रा होटलहरु बैंकले लिलामी गरेर आफै सकारेको अवस्था छ । त्यस कारण सरकारले सवै प्रकारका सुविधाको व्यवस्थापन गरि यो विमानस्थल संञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले स्थानीय, प्रदेश र संघिय सरकारको तालमेल नहुदा पनि यो विमानस्थल संचालनमा समस्या देखिएको बताउनुभयो । उहाँले यो विमानस्थलबाट सीमावर्ती क्षेत्रका भारतीयले पनि सुविधा लिन सक्ने जानकारी दिनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले लुम्बिनी विकास कोष भित्रको चरम बेथिति रहेकाले यसलाई मन्त्रालयले नियमन गर्न आग्रह गनुभयो ।

पर्यटन व्यवसायी संजिव जोशीले सरकारले चाहेमा यो विमानस्थल संञ्चालनमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले यो विमानस्थल संञ्चालमा नेपाल सरकारको नै रुचि कम रहेका कारण संञ्चालन हुननसकेको जानकारी दिनुभयो । यो विमानस्थल ४ वटा प्रदेश संग जोडिएको भन्दै यहाँको प्रदेश सरकार तथा स्थानीय सरकारहरुले सञ्चालनमा खासै प्राथामिकतामा नपारेको जोशीले बताउनुभयो ।

यो विमानस्थलमा ग्राउण्ड हेन्डलिङमा कमजोरी देखिएको छ, जोशीले भन्नुभयो । विमानको अवतरण, यात्रु चडाउने ओराल्ने जस्ताकार्यमा समेत समस्या देखिएको छ । यो विमानस्थलमा सुरक्षा कमजोरी रहेको भन्दै विमानमा कार्गो र यात्रुलाई समेत प्रयाप्त सुविधा नभएको जोशीले आरोप लगाउनु भयो ।
पर्यटन व्यवसायी संजय वजिमयले झन्डै तिस लाख पर्यटक ल्याउने क्षमता भएको यो विमानस्थलमा १५ हजार पर्यटक मात्र आउनु सरकारको कमजोरी भएको बताउनुभयो । यो क्षेत्रमा भारतीय विमानहरुको आगमन नहुदा सम्म यहाँ सोचेजस्तो र चाहे जस्तो पर्यटन नआउने र विमानहरु सञ्चालनमा पनि कठिन रहेको बताउनुभयो ।

नाटा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापाले पर्यटन मन्त्रीले विगतमा बोलेका कुराहरुलाई पुरा गरेमात्र यो विमानस्थल सञ्चालन हुनसक्ने बताउनुभयो । विगतमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट संचालन रहेका अन्तराष्ट्रिय उडानलाई रोक्नु दुर्भाग्य भएको अध्यक्ष थापाको दुःखेसो रहेको छ । सवै अन्तराष्ट्रिय उडानहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बाट मात्र हुनु भन्दा यो विमानस्थलबाट गराउन मन्त्रीलाई आग्रह गर्नभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्य दिपेन्द्र पौडेलले यो प्रदेशमा विदेशमा जाने श्रमिकका लागि मेडिकल , मेनपावर यहाँ भएपनि राज्यले सहजीकरण नगरेको बताउनुभयो ।

बरिष्ठ उपाध्यक्ष दिलिप कान्दुले यसक्षेत्रको कृषि उत्पादनलाई विश्व बजारमा पुराउने बातावरण तयार गरिदिनका लागि मन्त्रीलाई आग्रह गर्नुभयो ।
परामर्शदाता बासु बडाल चुनावको बेलामात्र यो विमानस्थल संचालन गर्न नेताहरु यो क्षेत्रमा आउने तर अन्य समयमा हराउने बताउनुभयो ।
सोटो नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन गुप्ताले पर्यटनको हब भएको यो क्षेत्रमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा मन्त्रालय भुमिका खेल्नुपर्ने सुझाव राख्नुभयो ।
पर्यटन व्यवसायी आशा गुरुङले लाखौ पर्यटनको सपना बाडेर हिड्ने वाहेक नेपालका राजनीतिज्ञले केहि गर्न नसकेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमर्णलाई उत्पादनमुखी बनाउन आग्रह गर्नभयो । आगामी दिनमा हुने प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हुनेपर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक आनन्द खनालले यसले सकारात्मक सन्देश दिने बताउनुभयो । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा महासचिव कृष्णप्रसाद घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२५-०८-१६ , समय : १८:०३:४२ , ८ घन्टा अगाडि