उर्मिला यादव यात्री , १०० पटक हेरिएको

भैरहवा, साउन ३१
“रक्तदान जीवन दान, रक्तदान महादान” भन्ने मुल नाराका साथ यदुवंशी युवा समाज भैरहवा, रुपन्देहीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष डा.रणधिर यादवको अध्यक्षता तथा रुपन्देही क्षेत्र नं.४ पुर्व प्रतिनिधि सभा सदस्य डा. प्रमोद कुमार यादवको प्रमुख आतिथ्यतामा आज शनिबार कोटहीमाई गाउँपालिका–६ मर्चवारी माइ मन्दिर धर्मशालामा रक्तदान गरिएको हो । युवाहरूको उत्साहपूर्वक सहभागिता रहेको रक्तदान कार्यक्रमबाट ३२ युनिट रक्तदान संकलन गरिएको छ ।
रक्तदान कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी डा.यादवले प्रमुख अतिथि पूर्व सांसद प्रमोद यादवले यदुवंशी युवा समाजले सञ्चालन गरेका यो अभियान अत्यन्त सराहनीय रहेको बताउनु भएको छ । उहाले “रगतले जीवन बचाउँछ, त्यसैले रक्तदानजस्तो पुनीत कार्यमा सबैले सहर्ष सहभागी हुनु जरुरी रहेको उल्लेख गर्नु भयो । उहाले युवा पुस्ताले अघि बढाएर गरेको यस्तो अभियानले समाजमा सकारात्मक सन्देश दिएको र यस्ता कार्यक्रमहरूले आपसी एकता, सहयोग र मानवताको भावना अझ प्रगाढ बनाउन मद्दत गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।
प्रमुख अतिथि पूर्व सांसद यादवले आजको दिनमा रक्तदान स्वास्थ्यको लागि मात्रै लाभदायक नभई, समाजको लागि जीवनदान भएको जोड दिनु भयो । उहाले यस किसिमका कार्यक्रमहरूले पीडामा रहेका बिरामीलाई जीवन दिने र नयाँ पुस्तालाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।
यस्तै गरी यदुवंशी युवा समाज भैरहवा, रुपन्देहीका अध्यक्ष डा. रणधीर यादवले मानवताको पक्षमा प्रत्येक व्यक्तिले रक्तदानलाई आफ्नो सामाजिक कर्तव्यका रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाले रक्तदान नै जिवनदान र मानवताको सबैभन्दा ठूलो सेवा भएकोले रक्तदान सबैले गर्नुपर्ने जोड दिनु भयो ।
उहाले प्रत्येक मानिसले आफ्नो जीवनकालमा पटक–पटक रक्तदान गरेर अरूको जीवन बचाउन सक्ने अवसर पाउने भएकोले आज मर्चवारीमा सुरु गरिएको यो अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिदै जाने प्रतिबद्धता गर्नु भएको छ ।
समाजका अध्यक्ष डा.यादवले “युवा पुस्ताको सक्रिय सहभागिता देख्दा आफुलाई उत्साह मिलेको बताउदै समाजमा सकारात्मक परिवर्तन ल्याउने शक्ति नै युवामा भएको जिकिर गर्नु भयो । उहाले भन्नु भयो आजको रक्तदान कार्यक्रममा देखिएको ऊर्जा र प्रतिबद्धताले त्यसलाई प्रमाणित गरेको छ। यदुवंशी युवा समाज आगामी दिनमा पनि मानवताका लागि यस्ता अभियानलाई निरन्तरता दिनेछ ।”
रक्तदान कार्यक्रममा कोटहीमाई गाउँपालिकाका पूर्व गाउपालिका अध्यक्ष चन्द्रभूषण यादव, नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति तथा वडा नं. १ का वडाध्यक्ष मुकेश यादव, मर्चवारी माता मन्दिरका महन्थ सम्भु सरण दास, नेपाल रेडक्रस रक्तसञ्चार इकाई बुटवलका प्रमुख केशर सिंगाहा लगायतले बोल्दै मर्चवारमा पहिलो पटक रक्तदान कार्यक्रममा उत्साहपुर्वक सहभागिता रहेको बताउनु भएको थियो । भने कार्यक्रम संचालन राम सरन यादवले गर्नुभएको थियो । यदुवंशी युवा समाज भैरहवा रुपन्देहीको आयोजना , यदुवंशी युवा समाज मर्चवारी गाउपालिका समितीको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा इकाई बुटवलले प्राविधिक सहयोग रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२५-०८-१६ , समय : २३:०२:३९ , ३ घन्टा अगाडि