रुपन्देही खबर , ७२ पटक हेरिएको

काठमाण्डौ,भदौ ९
सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरेर आज सार्वजनिक सूचना प्रकाशित गरेको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा निर्णय गरिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा श्री विशाल होम निर्माण सेवा उदयपुर, जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन प्रा.लि. काठमाण्डौ, सगुन फ्याब्रिक्स मोरङ, सुभ आरएस नविना जेभी बाँके, नबीन निर्माण सेवा अछाम रहेका छन् ।
त्यसैगरी जेएससी कन्स्ट्रक्सन प्रा.लि. सुर्खेत, कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. काठमाण्डौ, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. काठमाण्डौ, जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाण्डौ, मष्टा भवानी निर्माण सेवा डोल्पा, शहीद निर्माण सेवा अर्घाखाँची रहेका छन् ।
प्रकाशित मिति: २०२५-०८-२५ , समय : १४:५८:३६ , ४ घन्टा अगाडि