रुपन्देही खबर , २२ पटक हेरिएको
लुम्बिनी,मंसिर ११
लुम्बिनी बौद्ध विश्वविद्यालय नेपालकै एकमात्र बौद्ध विश्वविद्यालय (LBU) ले प्रतिष्ठित बौद्ध योगी शाङ्पा रिन्पोचेलाई आत्मीय स्वागत गर्दै विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
मुक्तिनाथ–चुमिग ग्यात्सा क्षेत्रहरु सँग गहिरो रूपमा सम्बद्ध शाङ्पा रिन्पोछेको जन्म नेपालको डोल्पा जिल्लाना भए पनि वहाँका अघिल्लो अवतार उन्नाइसौं शताब्दीको अन्त्यतिर भोटको ताशिल्हुनपो नजिक जन्मिएका थिए र भोट बौद्ध काग्यु परम्पराका प्रमुख १५औँ ग्याल्वा कर्मापा काक्यब दोर्जे (१८७१–१९२२) का शिष्य थिए।
लामो ध्यान–साधनापछि रिन्पोछे हिमाली क्षेत्रमा भ्रमण गरी भोट–नेपाल सिमावर्ती भूभागमा बौद्धधर्म पुनर्जागरणका लागि समर्पित भए। उनले नेपालका हिमाली क्षेत्रहरूमा धेरै महत्वपूर्ण गुम्बाहरु पुनर्निर्माण गरे, जसमा ताराकोट नजिकको प्रसिद्ध सन्दुल गुम्बा प्रमुख उदाहरण हो। साथै, मुक्तिनाथ–छुमिग ग्यात्सा क्षेत्र नजिक उनले एउटा ननरी (बौद्ध ननहरूको मठ) पनि स्थापना गरेका छन्। पोखारा र कठमाण्डौ आति स्थान हरुना रिन्पोछेको बौद्ध अध्ययन केन्द्रहरु रहेकोछ।
रिन्पोछेको यो भ्रमण भोट बौद्ध अध्ययन विभागका विभागाध्यक्ष डा. ङिमा शेर्पाको समन्वयमा सम्पन्न भयो। विश्वविद्यालयका स्नातक, स्नातकोत्तर तथा पीएचडी तहका कार्यक्रमहरूको प्रवर्द्धन तथा शैक्षिक साझेदारी विस्तार यसको प्रमुख उद्देश्य थियो।
अन्तरक्रिया कार्यक्रम बौद्ध अध्ययन संकायका डीनको कार्यालयमा सम्पन्न भयो। कार्यक्रमको सुरुमा डा. मानिक रत्न शाक्य, डीन, ले परम्परागत खाता अर्पण गर्दै रिन्पोछेको स्वागत गर्नु भएको थियो । डा. शाक्यले LBU को इतिहास र उद्देश्यबारे संक्षिप्त जानकारी दिनु भएको थियो भने क्याम्पस प्रमुख दयानिधि गौतमले BA in Buddhist Studies, Bachelor in Geshe Buddhist Studies, Bachelor in Bhot Buddhist Studies, MA in Theravada Buddhism लगायत विश्वविद्यालयका प्रमुख शैक्षिक कार्यक्रमहरूबारे जानकारी गराउनु भएको थियो ।
त्यसैगरी, इन्द्र प्रसाद काफ्लेले विश्वविद्यालयका कार्यक्रमहरूलाई हिमाली बौद्ध समुदायमा प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औंल्याए। डा. शाक्यले रिन्पोछे लाई विश्वविद्यालयका कार्यक्रमहरू आफ्ना भक्तजन र अनुयायीहरूबीच प्रवर्द्धन गरिदिन तथा छात्रवृत्ति सहयोगका लागि पनि अनुरोध गर्नु भएको छ ।
रिन्पोछेलाले आफ्नो आध्यात्मिक अभ्यास, कार्य तथा अनुभवबारे संक्षिप्त चर्चा गर्दै LBU ले बौद्ध शिक्षा प्रवर्द्धनमा गरिरहेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे। उनले LBU का कार्यक्रमहरू प्रवर्द्धन गर्न सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा डा. मानिक रत्न शाक्य, डा. इन्द्र प्रसाद काफ्ले, दयानिधि गौतम, डा. ङिमा शेर्पा, गेशे दोर्जे, खेन्पो, फुर्पा शेर्पा, कर्मा तामाङ, कमल थापा, नेशन श्रेष्ठ, नीरा गौतम, सविता घिमिरे, सञ्जु भण्डारी तथा भोट बौद्ध अध्ययनका अन्य शिक्षाहरु उपस्थिति रहेको थियो।
शाङ्पा रिन्पोचेको यो भ्रमणले विश्वविद्यालयको बौद्ध शैक्षिक क्षेत्रमा अग्रणी भूमिकालाई सुदृढ गर्दै हिमाली बौद्ध गुरुहरूसँगको सम्बन्ध थप प्रगाढ बनाएको छ।
प्रकाशित मिति: २०२५-११-२७ , समय : १५:०३:५१ , १ घन्टा अगाडि