पाल्पा–२ रास्वपाका डा. माधवबहादुर थापा विजयी

रुपन्देही खबर , ८७  पटक हेरिएको

पाल्पा,फागुन २४

पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । गएको बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम मतपरिणामअनुसार उहाँले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो । यहाँ यसअघिको चुनावमा एमालेका ठाकुर गैरे विजयी हुनुभएको थियो ।

प्रकाशित मिति: २०२६-०३-०८ , समय : १०:०१:५३ , ३ घन्टा अगाडि