रुपन्देही खबर , ८२ पटक हेरिएको
भैरहवा,फागुन २४
रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापा भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। अन्तिम मत परिणामअनुसार डा. थापाले ५८ हजार ८ सय १४ मत प्राप्त गर्दै शानदार जित हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङ ले ८ हजार ४ सय ३५ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार बासुदेव घिमिरे ले ८ हजार २ सय ७५ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गौरव बोहरा ले ७ हजार ७ सय ८९ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का फैज अहमद खाँ ले २ हजार ५ सय ९४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुपन्देही–३ मा रहेका १ लाख ४० हजार ३५ मतदातामध्ये ९३ हजार ५ सय ७६ मत खसेको थियो।
प्रकाशित मिति: २०२६-०३-०८ , समय : १३:३१:४६ , २ घन्टा अगाडि