मुगुमा खुडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, हत्या आरोपमा एक जना पक्राउ

रुपन्देही खबर , ३८  पटक हेरिएको

मुगु, असोज २७

मुगुको छायाँनाथ रारा नगरपालिका–५ कार्किवाडामा खुडा प्रहारबाट एक जना वृद्धको मृत्यु भएको छ। ७५ वर्षीय धनबिर कामीको हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय ३२ वर्षीय अजबिर कामीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मंगलबार बिहान अजबिरलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार अजबिरले धारिलो हतियार खुडा प्रहार गर्दा धनबिर गम्भीर घाइते भएका थिए।

घाइते धनबिरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ घटनापछि जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले आरोपित अजबिरलाई पक्राउ गरेको हो। घटनाको कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-१३ , समय : १९:२१:२९ , ४३ मिनेटutes अगाडि