नवलपरासीको सुनवल नगरपालिकामा प्रशासकीय अधिकृत नहुँदा सेवाग्राही समस्यामा

रेशम अधिकारी , २०६  पटक हेरिएको

सुनवल, बैशाख ४

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विगत १० दिन देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरका सेवाग्राही समस्यामा परेका छन । नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनासमेत अधिकृत अभावमा प्रभावित हुँदै आएको छ ।

नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रसाशकिय अधिकृत रमेश गौतमलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएपछी नगरबाट हुने सामाजिक सुरक्षा वृद्ध भत्ता, विद्यार्थी, सुत्केरी भत्ता, औषधि खरिद, विद्यालयका पाठ्यपुस्तक खरिद, कर्मचारीको तलब, निर्माण सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा पारिश्रमिकबाट वञ्चित हुनुका साथै विकास निर्माणका सम्पूर्ण काम तथा गतिविधि पूर्णरूपमा ठप्प छन ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत २२ गते गौतमलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनवल पठाएको थियोे। तर कार्यलय हाजिर हुन गएका गौतमलाई नगर प्रमुख अर्यालले केहि दिन हाजिर नगर्न आदेश दिनु भएको थियो । अर्यालले पार्टी निकट कर्मचारी नआएपछि हाजिर रोकिदिएको गम्भीर आरोप समेत लागेको छ ।

यता नगरपालिकाको आर्थिक बर्षसम्म पुरानै प्रशासकिय अधिकृत भक्तिराम मरासिनीलाई निरन्तरता दिएर काम गर्ने वातावरण बनाउन सम्बन्धि मन्त्रालय समेत पहल गरेको बताउनु भयो । उहाले महिला नगर प्रमुख भएकै कारणले बिरोधिले अनेकौं निराधार आरोप लगाएकोले काम गर्ने उचित वातावरण नबनेको समेत नगरप्रमुख अर्यालले आरोप लगाउनु भयो । अर्यालले खोलाको ठेक्का गर्ने समुहले आफ्नो अनुकूलको प्रशासकिय अधिकृत ल्याएको आरोप लगाउनु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको टुङ्गो नलाग्दा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता,अनुगमनदेखि आर्थिक कारोबार पूर्णरूपमा ठप्प छ । कार्यालयको काममा ढिलाइ हुँदा नगरका सर्वसाधारण मारमा परेका छन ।विकास योजनाका काम सुरु नहुँदा नगरपालिकामा आएको बजेटसमेत फिर्ता हुन्छ कि भनेर चिन्ता थपिएको छ।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : २२:११:५९ , १ वर्ष अगाडि