पत्रकार विसीद्वारा दाङका खेलाडीलाई फुटबल उपहार

रुपन्देही खबर , ४८५  पटक हेरिएको

दाङ, असार २६

जन्म दिनकाे अवसरमा पत्रकार तेज वीर वि.सि . ले दाङ लमहीका फुटबल खेलाडीहरुलाई एउटा फुटबल उपहारस्वरूप दिएका छन । पत्रकार विसी भन्छन याे सानाे सहयाेग हाे मैले धेरै त गर्न सकेन तर खेल क्षेत्रमा सक्ने सहयाेग गरेकाे बताएका छन ।तेज वीर राेल्पा जिल्लामा जन्मिएका हुन उनले सामाजिक कामहरुमा सक्रिय छन।उनले याे वर्ष भने फरक किसिमले आफ्नो जन्मदिन मनाएका छन्।उनी भन्छन् बिदेशीकाे सिकाे गरेर केक तथा भाेज हरु गर्नु भन्दा कुनै नयाँ पनमा गरिब तथा विपन्न भएकाहरुलाई सहयोग गर्नु नै महानता हाे । मानव एक पटक जन्मन्छ तर ठुलाठुला भोज गरेर फजुल खर्च गर्ने गरि जन्म उत्सव मनाउन खासै आवश्यक नरहेको उनि बताउँछन्।रुन्टीगढी गाउँपालिका २ घर भएका पत्रकार विसी रोल्पा जिल्लाका लगायत देशका विभिन्न सञ्चार माध्यममा अनुभव बटुलि सकेका लोकप्रिय पत्रकार तथा अव्वल समाजसेवी हुन्।फूटबल खेल तथा खेलाडी प्रतिको उनको मायाप्रति खेलाडीहरुले कृतज्ञता ब्यक्त गरेका हुन्।

प्रकाशित मिति: २०२३-०७-११ , समय : २३:४१:२० , ११ महिना अगाडि