पेट्रोलियम पदार्थको मूल्य घट्यो

रुपन्देही खबर , ३९६  पटक हेरिएको

काठमाडौं,साउन १

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । निगमको आइतबार बसेको बोर्ड बैठकले स्वचालित मूल्य कार्यविधि लागू गरेको हो । स्वचालित मूल्य लागूभएसँगै निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमकाअनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटेको छ । ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।

भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

प्रकाशित मिति: २०२३-०७-१७ , समय : ०७:३१:३८ , १ वर्ष अगाडि