शान्तिका लागि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा सुरु

रुपन्देही खबर , २०१  पटक हेरिएको

भैरहवा, पुस ६

पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा भैरहवा देखि लुम्बिनीसम्म सुरुवात भएको छ । रुपन्देही जिल्लाको लुम्बिनी प्रेस क्लबको आयोजनामा विभिन्न संघ संस्थाको सहभागितामा बिहीबार बिहान भैरहवाबाट लुम्बिनी गेट, बुद्ध चोकबाट यात्रा सुरुवात भई लुम्बिनीको माया मन्दिरमा पुगेर समापन हुने लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताउनुभयो ।

लुम्बिनी प्रेस क्लबको ९ औँ स्थापना दिवसको अवसरमा बौद्ध सञ्चार यात्रामा विभिन्न संघ संस्थाहरू ब्यानरसहित पद यात्रामा सहभागिता जनाएका छन् । बौद्ध सञ्चार यात्रा भैरहवाबाट लुम्बिनीसम्म २२ किलोमिटरको यात्रा रहने लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले बताउनुभयो ।

यात्रामा लुम्बिनी बिकास कोष, लुम्बिनी बौद्ध विश्व विद्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, देबदह प्रेस क्लब, नेपाली सेना, जनप्रतिनिधिहरू, होटल व्यवसायी, जेसीआइ सिद्धार्थ लेडि नेपाल, सिद्धार्थ सिटी हस्पिटल, बौद्ध भिक्षु, भिक्षुणीहरू लगायतकाे सहभागीता रहेकाे छ ।

प्रकाशित मिति: २०२३-१२-२२ , समय : १२:२५:०७ , ५ महिना अगाडि