आज तराई–मधेशका जिल्लामा होली मनाईंदै

रुपन्देही खबर , ८७  पटक हेरिएको

भैरहवा, फागुन १९

रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा होली अर्थात् फागु पर्व मनाउने गरिन्छ । नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, लगायत तराइका जिल्लामा होली धुमधामका साथ खेल्ने गरिन्छ । तराईमा होली मनाउने दिन आज सार्वजनिक बिदा छ ।

आत्मीयता र आफन्तसँग घरभित्रै होली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, जाँडरक्सी नखान तथा ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०२६-०३-०३ , समय : ०८:२८:३० , ४ घन्टा अगाडि