रुपन्देही खबर , ११२ पटक हेरिएको
काठमाण्डाै,फागुन २४
निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को मतपरिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ । आयोगले फागुन १८ गते धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । निर्णयविरुद्ध शाह सर्वोच्च अदालत गएपछि आयोगले अदालतबाट आदेश नहुँदासम्म त्यहाँको प्रत्यक्षतर्फको मतपरिणाम घोषणा नगर्न पत्र पठाएको हो ।
धनुषा १ मा भइरहेको मतगणनाका क्रममा बदर भएका उम्मेदवार साहको पक्षमा निकटतम प्रतिस्पर्धी भन्दा १३ हजार धेरै मत आएको छ ।
यसअघि उम्मेदवारी खारेज भएपछि आयोगले घण्टी चुनाव चिह्नमा स्वस्तिक छाप लागेका मतपत्रको छुट्टै लगत राख्दै गणना गर्न र ती मतपत्रबाहेकका मतपत्रको गणना गरी परिणाम प्रकाशन गर्न निर्देशन दिएको थियो । तर बदर भएका उम्मेदवारको चिह्नमा अत्यधिक मत आएपछि अहिले सर्वोच्चको आदेश कुर्न भनेको हो ।
प्रकाशित मिति: २०२६-०३-०८ , समय : १८:४७:३३ , १८ घन्टा अगाडि