रुपन्देही खबर , ३६ पटक हेरिएको
काठमाण्डाै,असार २४
विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले आज चौथो पटक म्याद थप गरेको हो ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो ।न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२६-०७-०८ , समय : २२:५९:३४ , २ घन्टा अगाडि