बेल्बासे वंश समाज भैरहवाको अध्यक्षमा गणेशप्रसाद बेल्बासे

रुपन्देही खबर , ३५  पटक हेरिएको

भैरहवा, असार २९

बेल्बासे वंश समाज भैरहवाको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले गणेशप्रसाद बेल्बासेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनयप्रसाद बेल्बासे तथा कोषाध्यक्षमा बिमला बेल्बासे चयन हुनु भएको छ। यस्तै सदस्यहरूमा विष्णुप्रसाद बेल्बासे, ऋषिराम बेल्बासे, चुरामणि बेल्बासे, विक्रम बेल्बासे, बिमला बेल्बासे र खगेन्द्र बेल्बासे निर्वाचित भएको निर्वाचन अधिकृत केशव शर्मा बेल्बासेले जानकारी दिनु  भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्बासेले बेल्बासे समुदायबीच आपसी एकता, सहयोग र सद्भावलाई थप सुदृढ बनाउँदै सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिनु भयो । उहाले संगठित प्रयासबाट समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा बेल्बासे वंश समाज रूपन्देहीका अध्यक्ष मुकुन्दराज बेल्बासेले केन्द्र र जिल्लास्तरमा अपेक्षाअनुसार गतिविधि सञ्चालन हुन नसकिरहेको अवस्थामा भैरहवा शाखाले विभिन्न रचनात्मक कार्यक्रममार्फत उदाहरणीय भूमिका निर्वाह गरेको बताउनु भयो । उहाले आगामी दिनमा समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनु भयो ।

भैरहवा शाखाका अध्यक्ष घनश्याम बेल्बासेले विभिन्न पेशा, व्यवसाय तथा स्थानमा छरिएर रहेका बेल्बासे समुदायलाई एउटै साझा मञ्चमा आबद्ध गराई आपसी सम्बन्ध, सहकार्य र एकतालाई मजबुत बनाउने उद्देश्यका साथ समाजले निरन्तर काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा विष्णुप्रसाद बेल्बासे, गणेशप्रसाद बेल्बासे, झविन्द्रप्रसाद बेल्बासे लगायतले समाजको सुदृढीकरण, समुदायको हित र भावी योजनाबारे धारणा राख्नु भएको थियो ।
अधिवेशनले नयाँ नेतृत्वमार्फत समाजलाई थप सशक्त, संगठित र क्रियाशील बनाउँदै समुदायको हितमा प्रभावकारी सामाजिक, शैक्षिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२६-०७-१३ , समय : ०७:२३:३६ , ३ घन्टा अगाडि