मदरसामा दिदै आएको अनुदान बढाउन राष्ट्रीय मदरसा संघको अपिल

रुपन्देही खबर , ४०३  पटक हेरिएको

कपिलवस्तु, जेष्ठ २६

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफीले रजिस्टर्ड भएका मदरसा लाई नेपाल सरकारले दिदै आएको अनुदान बढाउनु पर्ने माग गर्नु भएको छ । महगाई बढेको तथा कर्मचारी, शिक्षक लगायतहरूको तलब १५ प्रतिशतले बृद्धि गरेको बताउदै मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफीले सरकारले यस बिषयमा गम्भीरता पूर्वक सोच्नु पर्ने बताउनु भएको छ ।

 

मदरसाको व्यवस्थापन गर्न सरकारले आधारभूत तह (१-५) मा दुई लाख एक्चालीस हजार, आधारभूत तह आठ कक्षा सम्म संचालन रहेकोमा पांच लाख तथा आठ कक्षा देखि माथि संचालन रहेका तथा रजिस्टर्ड भएका मदरसालाई दश लाख बार्षिक दिदै आएको अनुदान रकम बढाउनु पर्ने आवश्यकता रहेको राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपालीले बताउनु भयो ।

राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य जहिर अहमद बरेलवी, निजाम खान लगायतले समेत मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने बताएका छन् ।

 

प्रकाशित मिति: २०२२-०६-०९ , समय : २०:५७:१२ , २ वर्ष अगाडि