रुपन्देही खबर , २६६ पटक हेरिएको

भैरहवा, फागुन २
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ । बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटबाट रास्वपाले दबाब यात्रा सुरू गरेको हो। पार्टी सभापति रवि लामिछाने, सांसस लक्ष्मी तिवारी सहितको टोलीले दबाब यात्रा गर्नु भएको हो । २०७७ सालमा ७.५ अर्बको स्रोत सुनिश्चितता भएको तर पहुँच मार्ग बनाउने ठेक्का बजेट विनियोजन नहुँदा अलपत्र परेपछि दबाब यात्रा गरिएको रास्वपाले जनाएको छ।
लुम्बिनी गुरूयोजना ४६ वर्षअघि सुरू भएको अवधारणा हो। सन् १९७८देखि सुरू भएको यो अवधारणा अनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा गर्नुपरेको बताएको छ । रास्वपाले सातै प्रदेशका तीन—तीनवटा अलपत्र विकास आयोजना निर्माण पूरा गर्न दबाब यात्रा गरिरहेको छ । यसअघि पुस ९, १०, ११ गते नारायणगढ—बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो। यस्तै माघ २१ गते राष्ट्रिय गौरवको आयोजना मेलम्चीमा पनि दबाब यात्रा गरेको थियो।
प्रकाशित मिति: २०२४-०२-१४ , समय : ११:५४:४५ , १ वर्ष अगाडि