गजेडी साथी सञ्जालको ७ औं साधरणसभा,अध्यक्षमा उषा सुनार

रुपन्देही खबर , २२५  पटक हेरिएको

कञ्चन, फागुन ६

रुपन्देहीको कञ्चन गाउँपालिकामा क्रियाशिल गजेडी साथी साथी सञ्जालको ७ औं साधारण सभा सम्पन्न भएको छ। सभाले उषा सुनारको अध्यक्षतामा १५ सदस्सिय नयाँ कार्य समिति गठन गरेको छ।

यस्तै सभाबाट उपाध्यक्षमा उमेश लोध, सचिवमा अस्मिता पाण्डे, कोषाध्यक्ष गंगा सुनार र सहसचिवमा अञ्जली सुनार निर्वाचित हुनु भएको छ। यसैगरी सदस्यहरुमा भुमा थारु, सुमित्रा ठडराई, अर्मता दर्लामी, नलिना सिंजाली, जस्मिन थापा, सुशिला लोध, जस्मिन लामा, कुस्मा लोहार, जानकी सिंजाली र नानुमागा थारु निर्वाचित हुनु भएको छ।

नव निर्वाचित सञ्जालका पदाधिकारीहरुलाई बधाई सहित शुभकामना दिदै कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरि नारायण थारुले किशोर किशोरीहरुको हक र अधिकारका लागि सशक्तीकरण अभियानमा क्रियाशिल गजेडी साथी सञ्जालले समुदायमा गरेका सकारात्मक कार्यहरुको प्रशंसा समेत गर्नु भएको थियो।

किशोर किशोरीहरुलाई बिभिन्न दुर्ब्यसनी, कुलत तथा गलत कार्यहरुबाट अलग राख्न समुदायमा सञ्चालन गर्दै आइरहेका जनचेतनामुलक कार्यहरुले समाजमा सकारत्मक प्रभाव बढ्दै गइरहेको बताउदै नव निर्वाचित समितिले समेत राम्रा कामका योजनाहरु सहित विगतमा गर्दै आइरहेका राम्रा योजनाहरुलाई निरन्तरता दिई समाज रुपान्तरण अभियानमा निरन्तर लाग्न वडा अध्यक्ष थारुले आग्रह गर्नु भएको छ।

यस्तै सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापाले आफ्नै समूहका साथीहरुलाई असल बाटोमा हिडाएर घर परिवार र समाजको सबैभन्दा असल र इमान्दार नागरिक तयार गर्ने सोंचका साथ क्रियाशिल साथी सञ्जालका हरेक गतिविधिहरु समुदायका लागि उदाहरणिय कार्य भइरहेको बताउनु भयो। समाजमा हुने हिंसा, दुरब्यबहार, बिकृति र बिसंगतीको अन्त्यका लागि किशोर किशोरीहरुबाटै अभियान सञ्चालन गर्दा प्रभावकारी हुदै आइरहेको र त्यसका लागि साथी सञ्जालको सक्रियता बढी महत्वपुर्ण हुने केन्द्रका अध्यक्ष थापाले बताउनु भयो।

कार्यक्रममा टोल बिकास संस्थाहरुको तर्फबाट शान्ती नगर टोल बिकास संस्थाका अध्यक्ष मदन थापाले साथी सञ्जालबाट संचालन हुदै आइरहेका हरेक कार्यक्रमहरुको अवलोकन गर्दै आइरहेको र तयसले समाजलाई सही दिशातर्फ डोर्याउने बिश्वास ब्यक्त गर्नु भएको छ । संस्थाका अध्यक्ष थापाले आगामी कार्यक्रमहरु संचालन गर्दा टोल विकास संस्थाहरुसंग समन्वय र सहकार्य गरी कार्यक्रम संचालन गरेमा अझ प्रभावकारी हुने बताउनु भयो।

गजेडी साथी सञ्जालका अध्यक्ष सुस्मिता सुनारको अध्यक्षता, उपाध्ययक्ष उषा सुनारको स्वागत तथा अस्मिता पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नं. १ का जन प्रतिनीधिहरु जुना परियार र लेखा राहादीले समेत नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
नव निवार्चित पदाधिकारीहरुलाई सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापाले सपथ ग्रहण गराउनु भएको कार्यक्रम वडा नं. १ को सुन्दर नगर टोल स्थित गजेडी साथी सञ्जालको कार्यलयमा भएको थियो।

प्रकाशित मिति: २०२४-०२-१८ , समय : ०७:५७:०९ , ८ महिना अगाडि