भारत लैजान राखिएको ३ लाख २० हजारको सालिग्राम बरामद

रुपन्देही खबर , ४७  पटक हेरिएको

नवलपरासी,भदौ २३

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ पथरकलास्थित भित्री सडकबाट प्रहरीले भारततर्फ अवैध रूपमा लैजान राखिएको ८०१ थान सालिग्राम ढुंगा बरामद गरेको छ।

प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा राखिएका सालिग्राम फेला पारी नियन्त्रणमा लिएको हो। बरामद ढुंगाको अनुमानित मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भन्सार छली भारततर्फ लैजानका लागि सालिग्राम राखिएको आशंका गरिएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुरमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-०८ , समय : १०:२२:०४ , ४२ मिनेटutes अगाडि