नवलपरासीमा सञ्चालीत विभिन्न आयोजनाहरुको सरोकारवाला बिच छलफल

रुपन्देही खबर , ३०३  पटक हेरिएको

नवलपरासी, बैशाख १९

सरकारी कार्यालय मार्फत पश्चिम नवलपरासीमा सञ्चालीत विभिन्न आयोजनाहरुको सरोकारवाला बिच छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजीत छलफलमा जिल्लामा सञ्चालीत विकास निमार्णका कार्यहरुको पछिल्लो अवस्था र आगामी योजना बारे छलफल गरिएको थियो ।

छलफलमा सहभागी हुदै संघीय सांसद बिनोद चौधरीले जिल्लामा सरकारी निकायबाट संचालनमा आएका हरेक योजनाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहांले विभिन्न विकास निमार्णको काम गर्न निजी निमार्ण कम्पनीहरुले ठेक्का लिएपनि समयमै विकास आयोजनाहरुको काम गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।

सोही अवसरमा सहभागी हुनुभएका पुर्व सांसद एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले एकद्धार प्रणालीबाट बिकास निमार्णको काम अघि बढाउनुपर्ने बताउनुभयो । ‘

छलफलको क्रममा जिल्लामा कार्यालय नरहेका प्रदेश अथवा संघीय कार्यालय मातहात रहेका कार्यालयहरुको जिल्लामानै कार्यालय स्थापना गर्न पहल गर्ने, जिल्लामा संचालीत ठुला बिकासका निमार्णका आयोजनाहरुको काम समयमै समपन्न गर्न आवश्यक समन्वय गर्ने, सवै कार्यालयको ब्यवस्थीत कार्य योजना तयार गर्ने, आगामी बर्षको बजेट ब्यवस्थापनका लागी संघीय सरकार र प्रदेशीक सरकार संग पहल गर्ने , रासायीक मलको समस्या समाधान गर्न आवश्यक स्थानमा पहल गर्ने लगायतका बिषयबस्तुमा छलफल केन्द्रिय रहेको थियो ।

सो अवसरमा प्रदेशसभा सदस्यद्धय बैजनाथ जयसवाल, देवकरण प्रसाद कलवार सन्तु, जिल्ला समवन्य प्रमुख भगौती यादव , प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, विभिन्न पालिकाका प्रमुखहरु , सरोकारवाला कार्यालयका प्रमुखहरु लगायतका अन्य सरोकारवालहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-०१ , समय : ०८:२९:३५ , ४ महिना अगाडि