रुपन्देही खबर , ३२३ पटक हेरिएको
भैरहवा, पुस १८
श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा श्री युनिसेक्स सेलुन, भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘निःशुल्क कपाल काट्ने कार्यक्रम’ सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्गले यस्ता कार्यक्रमले गाउँ घरका विपन्न परिवारका विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुग्ने र कार्यक्रमले विद्यालयको अनुशासन कायम राख्नमा टेवा पुग्ने भएकोले यसको निरन्तरतामा जोड दिनुभएको छ ।
कार्यक्रममा छात्र तर्फ ५७ र छात्र तर्फ १ जना गरि कुल ५८ जना विद्यार्थीहरु कपाल काट्ने सेवाबाट लाभन्वित भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक प्रकाश भुर्तेल, बासु घिमिरे, जे.पि.मिश्रा, राजकुमार तथा युनिसेक्स सेलुनका तर्फबाट श्रृजना कुमारी बानिया, सफिक खान, शशिकला कुमारी लोध, निलम चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक देवि प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-०१-०२ , समय : १३:५१:२० , १० महिना अगाडि