नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त

रुपन्देही खबर , ४३२  पटक हेरिएको

काठमांडौ,फागुन ८

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त हुनु भएको छ । लामो समय राष्ट्रीय तथा अन्तराष्ट्रीय स्काउटको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका सामाजिक व्यक्तित्व घिमिरेलाई युवा तथा खेलकुद मन्त्री एवम् प्रमुख स्काउट तेजू लाल चौधरीले नयाँ प्रमुख आक्युत नियुक्त गर्नु भएको हो । मन्त्री चौधरीले बिभीन्न विवादमा मुछीएका निवर्तमान प्रमुख आयुक्त महेन्द्र राज रंजीतलाई गैह्रकानूनी रूपमा नियुक्ती लिएर संस्था लाई बिगारेको आरोपमा हटाएर उक्त स्थानमा घिमिरेलाई नियुक्त गर्नु भएको हो ।

पछिल्लो समय नेपाल स्काउटलाई विवादै विवादमा पारेर मनोमानी गरेको भन्दै मन्त्री चौधरी र निवर्तमान प्रमुख आयुक्त रंजीत विच दुरी बडेको थियो । यसैविच नेपाल सरकार राष्ट्रीय सतर्कता केन्द्रले समेत रंजीतको नियुक्ति कानून सम्मत नभएकाले निजको नियुक्ति वदर गरी कानून बमोजिम अर्को व्यक्तिलाई नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो, सोही निर्देशनलाई आधारमानी मिति २०८१÷११÷०५ को मन्त्री स्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गर्नु भएको हो । घिमिरेसंगै मन्त्री चौधरीले अन्य सात जनालाई राष्ट्रीय कार्यकारी समितिमा नियुक्त गर्नु भएको छ । नियुक्त हुनेमा इन्दु सुबेदी, कमल बहादुर देउजा, भुवन सुब्बा, सन्तोष कुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन् । यो नियुक्तिसंगै पछिल्लो समय नेपाल स्काउटमा बड़ेको विवाद र उत्पन्न समस्या समाधान हुनेमा आम स्काउटहरुमा आशा जागेको छ ।

प्रकाशित मिति: २०२५-०२-२० , समय : ०८:०५:२८ , १ वर्ष अगाडि