सुनयना चौधरी , ४२२ पटक हेरिएको
बर्दघाट,फागुन–१७
जल,जङ्गल र जमिनको संरक्षण गर्नु सबैको दायित्व रहेको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । बर्दघाट प्रेस क्लबले शुक्रबार आयोजना गरेको बर्दघाट नगरका सम्पूर्ण सामुदायिक वनसँग सम्वन्धित सरोकारवालाहरु विच वन एक अवसर अनेक विषयक सम्वाद गोष्ठीमा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरभित्रको जल,जङ्गल र जमिन संरक्षण गर्न नगरको पुरै दायित्व र जिम्मेवारी रहेको भएपनि प्रदेश सरकारसँग सहकार्य गरेर नगरअघि बढ्न तयार रहेको धारणा राखनु भएको थियो । उहाँले नगरका सबै सामुदायिक वनसँग सहकार्य गरेर अघि बढ्ने सवालमा बर्दघाट नगर सर्धै तयार रहेको बताउनु भएको थियो ।
बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालको अध्यक्ष्ँता तथा नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, वडाध्यक्षहरु, बर्दघाट सरावल सव डिभिवन कार्यलयका प्रतिनिधि,वन तथा पर्यावरण गण,नगपोखरीका प्रमुख हरि बहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघ र वैज्ञानिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष ,बर्दघाट नगरका सामुदायिक वन समुहहरुका पदाधिकारी तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
बर्दघाट प्रेस क्लबका सदस्य मुक्तिनाथ तिवारीको स्वागत मन्तब्य र सचिव प्रकाश न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा वन ,वातावरण तथा पर्यावरण विज्ञ एवं पत्रकार युवराज कंडेलले सहजिकरण गर्नु भएको थियो ।
सहजकर्ता कंडेलको अनुसन्धान अनुसार डिभिजन वन कार्यालय नवलपरासीको २०७९÷०८० को प्रतिवेदनमा बर्दघाट नगरपालिकामा ३ हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ र जस्मा १८ हजार ३ सय ८८ घरधुरी सम्लग्न रहेको जानकारी गराउनु भएको थियो । त्यसैगरी बर्दघाट नगरबाट १९ वटा सामुदायिक वनहरुले जिल्लामा दर्ता गरेर काम गरेको तथ्याङ्कमा उल्लेख रहेको जानकारी गराउनु भएको थियो ।
अब वनमा रुख काटेर आम्दानी गर्न तर्फ भन्दा पनि वनका प्रवेशगर्दा टिकट काटेर मनोरञ्जन लिने गरी काम गर्न जरुरी रहेको सहजकर्ता कंडेलको धारणा रहेको थियो ।
प्रकाशित मिति: २०२५-०३-०१ , समय : ०६:५५:४६ , १ वर्ष अगाडि