रुपन्देहीको बेथरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
रुपन्देही खबर ,
५९ पटक हेरिएको
भैरहवा, असोज १४
रूपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अमुवाबाट बेथरीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ८१५० नम्बरको मोटरसाइकल बुधबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सर्लाहीको धनकौल गाउँपालिका–५ हरकथवा घर भएका ४० वर्षीय धिरजकुमार झाको सिटी अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०९-३० , समय : २०:५७:०७ , १ घन्टा अगाडि