रुपन्देही खबर , ६८० पटक हेरिएको
भैरहवा , फागुन १७
सिर्जनशील साहित्यिक समाज ( सिसास) भैरहवा, रूपन्देहीको २ सय ५४ औं नियमित मासिक साहित्यिक सङ्गम भैरहवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सरू ज्ञवालीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार सूर्यबहादुर सेन ओलीको प्रमुख आतिथ्यतामा २ सय ५४ औं नियमित मासिक साहित्यिक सङ्गम आज शनिबार सम्पन्न भएको हो।
कार्यक्रममा विशिष्ट अतिथि सिसासका विशिष्ट सदस्य वनमाली निराकार, अतिथि आख्यानकार विजय सागर , साहित्यकार रुद्र ज्ञवाली, गजलकार रमेश समर्थन, सिसास अध्यक्ष डिल्लीराज भट्टराईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उल्लेख्य स्रष्टाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू सुरज दीपशिखा , नारायणप्रसाद भण्डारी,कमल पोखरेल ‘निच्छल’ र साहित्यकारहरू तुल्सिराम ढकाल, डी.आर. न्यौपाने ` सूर्य´,अनमोल शर्मा , प्रद्युम्नमान श्रेष्ठ ,शोभाकान्त नेपाल,मधुसुदन पोख्रेल, रामराज गौतम , दुर्गा थापा मगर,सावित्री घिमिरे , गंगा घिमिरे, हिमाल बरुवाल, सबल घिमिरे,प्रकृति बरुवाल, राधा भट्टराई, याम थापा, सुरज तामाङ लगायतले आ-आफ्ना गीत,कविता, कथा,गजल, मुक्तक,हाइकू,आदि विविध विधाका रचनाहरू वाचन गर्दै साहित्य क्षेत्रको संरक्षण र यसलाइ निरन्तरता दिन युवाहरुलाइ जोडन जोड दिइएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सह सचिव राधा भट्टराईले गर्नु भएको थियो । भने कार्यक्रम शहीद स्मृति पुस्तकालयको सभा हलमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२५-०३-०१ , समय : २०:२०:२९ , १ वर्ष अगाडि