गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः बिन्दु पौडेल

रुपन्देही खबर , ३३४  पटक हेरिएको

पोखरा , बैशाख ८

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेश माननिय विन्दु पौडेलले बताउनु भएको छ ।

सोमबार महायज्ञमा प्रमुख अतिथीको रुपमा उपस्थित हुनु भएको  माननिय पौडेलले धेरै पछि देशमा यस प्रकारको व्यबस्थित कार्यक्रम सञ्चालन भएको बताउनु भएको छ  साथै उहाले गण्डकी कोटिहोम महायज्ञले नेपालको धार्मिक इतिहासमा इतिहास रच्ने निश्चित रहेको बताउनु भएको हो ।

कार्यक्रममा कोटिहोम महायज्ञको शुभकामना प्रदान गर्दै गर्दा उहाले भन्नु भयो –“नेपालमा कसैले आटन नसकेको कोटिहोम महायज्ञ हाम्रो पोखरामा सञ्चालन भएको छ । यो अत्यन्तै गर्वको कुरा हो । यसले नेपालको धार्मिक क्षेत्रमा इतिहास बनाउछ नै यसको साथै पोखराका गरिमा पनि थप बलियो हुने छ ।”

प्रकाशित मिति: २०२५-०४-२१ , समय : २२:१८:३२ , ९ महिना अगाडि