उर्मिला यादव यात्री , १४३ पटक हेरिएको

भैरहवा, बैशाख २४
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रुपमा संचालन नभए निजी क्षेत्रले अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिएका छन । उनीहरुले सरकारले पटकपटक बार्ता गरेर आफुहरुलाई आश्वासन मात्र दिदै झुक्याउदै आएकोले आफना मागहरु पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका हुन । चेम्बर अफ कमर्श रुपन्देहीले बुधबार गौतमबुद्ध बिमानस्थलमा आयोजना गरेको धर्ना तथा बिरोध सभामा निजी क्षेत्रहरुले ऐक्यबद्धता जनाउदै एक घण्टा बिरोध प्रर्दशन गरेका छन ।
धर्ना तथा बिरोध सभालाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कर्मश लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले कुनै पनि हालतमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रुपमा संचालन गर्न माग गर्नु भएको छ । उहाले जसरी बिमानस्थल बन्यो त्यसरी नै निर्बाध रुपमा चल्नुपर्ने जोड दिनु भयो । उहाले अन्तर्राष्ट्रिय विमानस्थल संचालन नहुदा यहाका उद्योगी ब्यवसायी प्रताडित भएको उल्लेख गर्नु भयो
सरकारलाई अभिभावक सम्झेर अरर्बाै लगानी गरेका निजी क्षेत्रले के अपराध गरे पोखरेलले प्रश्न गर्नु भयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारको लगानीमा निर्माण भए पनि यसमा निजि क्षेत्रको अझ बढी लगानी रहेको र विमानस्थल सञ्चालनमा नआउदा त्यो लगानी डुब्ने जोखिम बढेको उहाको भनाई छ । अध्यक्ष पोखरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा सरकारले देखाएको उदासिनताको कारण निजी क्षेत्रको ८० अर्ब भन्दा बढीको लगानी जोखिममा परेकोले यहाका उद्योगी ब्यवसायीहरु पिडामा रहेको गुनासो गर्नु भयो । उहाले बिमानस्थल यथाशिघ्र संचालन गर्न सरकार संग आग्रह गर्नु भएको छ ।
यस्तै गरी चेम्बर अफ कर्मश रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बिमानस्थल नियमित रुपमा संचालन गर्नुपर्ने माग सहित विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने पूर्व निर्धारित कार्यक्रम भए पनि महाप्रवन्धक आफु ज्ञापनपत्र बुझ्न बाटोमा नआउने बताएको भन्दै आक्रोशत ब्यक्त गर्नु भएको छ । उहाले विमानस्थलको प्रवेशद्वारमा कार्यालयको महाप्रवन्धक नआउने प्रबृत्तिले नै कर्मचारीले नै एयरर्पाेट नचलाउनमा लागेको आरोप लगाउनु भयो । उहाले विमानस्थल सञ्चालनमा आउन नसक्नुको ठूलो कारणहरु मध्ये कर्मचारी पनि एक रहेको बताउदै महाप्रवन्धकको यो कदमको भत्र्सना गर्नु भएको छ ।
बिमानस्थलका महाप्रवन्धक ज्ञापनपत्र बुझन नआएपछि श्रेष्ठले सञ्चारकर्मिहरुकै अगाडी १२ बुंदे माग सहित ज्ञापनपत्र सार्वजनिक गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल तत्काल पुर्ण र नियमित रुपमा संचालन गर्न आवश्यक निती पुर्वाधार र स्रोतको ब्यवस्थापन गर्न माग गर्नु भएको छ ।
ज्ञापन पत्रमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गरिनुपर्ने उल्लेख गर्दै निजि तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुदै उडान गर्न प्रोत्सान दिने निति तथा सहजिकरण कर छुट, सेवा शुल्क छुट गर्न र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको शिघ्र समाधान गर्न माग गरिएको छ ।
गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्धारको रुपमा विकास गर्न राष्ट्रिय निति तथा रणनीतिमा उच्च प्राथमिकता दिन, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्न माग राखिएको छ ।
विमानस्थलमा व्यापार र निर्यात प्रबंधनका लागि एयर कागों सेवा विस्तार तथा स्थानिय र निजि क्षेत्र संग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्न आवश्यक रहेको श्रेष्ठले बताउनु भएको छ ।
वैदेशिक रोजगारमा जाने यात्रुहरुको लागि श्रम स्वीकृति, मेडिकल जांच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, विमा, इम्बार्केशन काउन्सेलिङ लगायतका वन–स्टप सेवा केन्द्र स्थापना र वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्न पनि माग गरिएको छ । यस्तै विमानस्थलमा श्रमिक सहायता काउन्टर स्थापना गर्न माग गर्दै माग पुरा नभए अझै कडा आन्दोलनमा जाने चेतावनी समेत दिईएको छ ।
यस्तै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ रुपनदेहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रुपमा संचालनका लागी यहाका उद्योगी ब्यवसायीहरुले पटकपटक आन्दोलनमा उत्रिए पनि त्यसको सुनुवाई नभएको बताउनु भएको छ । उहाले राज्यको अरर्बाै लगानी रहेको यस बिमानस्थललाई राज्यले नै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा संचालन गर्न नचाहेको आरोप लगाउनु भयो । उहाले बिमानस्थल नचल्नुमा यहाका राजनितिक दलको समेत उत्तिकै संलग्नता रहेको आशंका ब्यक्त गर्दै आगामी दिनमा जुनसुकै पार्टीका नेता आए पनि बहिष्कार गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाले बिमानस्थल नियमित रुपमा संचालन गर्नका निम्ती यहाका निजी क्षेत्र संगठित हुनुपर्ने जोड दिनु भयो । उहाले केही समय धर्ना र आन्दोलनले बिमानस्थल संचालन नहुने भएकोले यहाका सबै संघसंस्था लगायत सरोकारवाला निकाय संग बृहत छलफल गरी योजना बनाएर मैदानमा उत्रिन आग्रह गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले धर्ना तथा बिरोध सभालाई सम्बोधन गर्दै सरकारले पटक पटक आफुहरुलाई धोका दिएको आरोप लगाउनु भएको छ । उहाले सरकारले पटक पटक बार्ता गरेर आफुहरुलाई झुक्याएको बताउनु भयो । उहाले सरकारले सम्झौता गरेर केही छुट सुबिधा दिए पनि त्यो पनि बहाना मात्र भएको जिकिर गर्नु भयो ।
उहाले अब निजी क्षेत्रका सम्पुर्ण संघसंस्थाहरु, स्थानिय बासिन्दा लगायत आम नागरिक एक ठिक्का भएर जब सम्म आन्दोलन गरिदैन तब सम्म आफुहरुको माग पुरा नहुने जिकिर गर्र्नु भयो । उहाले यो धर्ना बिरोध एउटा सांकेतिक अभियान मात्रै भएको बताउदै एक हप्ता भित्र बिमानस्थल पुर्ण रुपमा संचालन नभए बृहत रुपमा आन्दोलन गर्ने बताउदै राष्टिय उडान समेत ठप्प पार्ने चेतावनी दिनु भएको छ ।
यस्तै गरी उद्योग व्यापार संगठन रुपन्देहीका पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीले सरकारले विमानस्थल देखाएर निजि क्षेत्रलाई लगानी गर्न उक्साएको बताउदै निजी क्षेत्रले सरकार प्रति बिश्वास गरेर बैंकबाट अरर्वाै रुपैया ऋण लिएर यस क्षेत्रमा लगानी गरेको बताउनु भएको छ । उहाले सरकारले बिमानस्थलमा ४० अर्व रुपैया लगानी गर्दा निजी क्षेत्रले ८० अर्ब भन्दा बढीको लगानी गरेर स्टार होटलहरु संचालन गरेको भए पनि सरकारले बिमानस्थल संचालन नगरी धोका दिएको आरोप लगाउनु भयो । उहाले कमिशन खानकै लागि विमानस्थलहरुको निर्माण गरे पनि यसको सञ्चालनमा सरकार देखि राजनैतिक दलहरुले रुचि नदेखाएको बताउनु भयो । उहाले गौतम बुद्ध र पोखराको बिमानस्थल कमिशन खानको लागी मात्र निमार्ण गरिएको .बताउनु भयो ।
उहाले “काठमाण्डौं भन्दा बाहिर नजानको कारण के छ भन्दै प्रश्न गर्नु भएको छ । उहाले त्यहाँ केही २ नम्बरी गिरोह छ जसले सरकारका मन्त्री, सचिव देखि अन्य कर्मचारीलाई कमिशन पु¥याउछन् ।” जसले गर्दा उनीहरुले बिमानस्थल संचालन गर्न नदिएको आरोप लगाउनु भयो । उहाले त्यो जालो तोड्नको लागि अब हामीहरु तैयार भएर बस्न आवश्यक रहेको उल्लेख गर्दै भोलिको दिनमा यो बिमानस्थल संचालन नभए वा सांकेतिक आन्दोलनको सुनुवाई नभए अनिश्चितकालीन आन्दोलनको लागि सबैलाई तयार रहन आग्रह गर्नु भएको छ । उहाले यहाका बजार बाटोघाटो सबै बन्द गरेर आन्दोलनमा होमिने प्रतिबद्धता समेत गर्नु भएको छ
धर्ना कार्यक्रममा सहकारी सञ्जाल, सिद्धार्थनगरका अध्यक्ष कुल प्रसाद न्यौपाने, मोबाईल व्यवसायी संगठनका अध्यक्ष बिएन गुप्ता, सिद्धार्थनगर वडा नम्बर ४ का वडा अध्यक्ष भोला यादव, लुम्बिनी ईट्टा व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ता, नागरिक समाजका अध्यक्ष आनन्द प्रसाद गुप्ता, नेपाल भारत मैत्री संघ उपशाखा बेलहियाका अध्यक्ष पशुपति कान्दु ,लगायतले बोल्दै डोमेष्टिक उडान संगै भन्सारलाई रोक्न सके मात्र आफुहरुको मागहरु पुरा हुन सक्ने बताउनु भएको थियो ।
विरोध कार्यक्रममा सिद्धार्थ सञ्जाल रुपदेही, लुम्बिनी इँटा व्यवसायी संघ, ट्राभल्स एण्ड टुर अपरेटर्स नेपाल, नेपाल भन्सार एजेन्ट संघ, ट्रक यातायात व्यवसायी संघ, सिद्धार्थनगर सहकारी सञ्जाल, वैदिक सनातन धर्म सेवा समिति, नेवा खलः, किराना तथा प्लास्टिक व्यवसायी संघ, जेसीआइ सिद्धार्थ लेडी नेपाल, आस्था महिला उद्यमी संघ,मदिरा ब्यवसायी संघ भैरहवा, मायादेवी टोल सुधार समिती, लगायतका बिभिन्न संघसंस्थाहरूको ब्यानरसहित उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०५-०७ , समय : २२:०७:५२ , २ दिन अगाडि