समावेशी गुणस्तरीय शिक्षाका लागी स्थानिय तहका प्रमुख तथा शाखा प्रमुखहरुद्धारा सामुहिक प्रतिवद्धता

उर्मिला यादव यात्री , ११८  पटक हेरिएको

बुटवल,जेठ १

समावेशी गुणस्तरीय शिक्षाका लागी स्थानिय तहका प्रमुख तथा शाखा प्रमुखहरुले सामुहिक प्रतिवद्धता गरेका छन । उनीहरुले समावेशी गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि यथाशिघ्र स्थानीय तह शिक्षा योजना तयारी, कार्यान्वयन र अनुगमन गर्ने प्रतिबद्धता गरेका हुन । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय ,शिक्षा तथा मानव स्रोत बिकास केन्द्र्रको आयोजना तथा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशको समन्वय तथा एजुकेशनल पेजेजको सहकार्यमा बुटवलमा दुई दिन सम्म भएको अन्तरक्रिया कार्यक्रममा स्थानिय तहका प्रमुख तथा शाखा प्रमुखहरुले स्थानीय तहमा स्तरीय बालिका तथा समावेशी शिक्षा रणनीति तयार गरी कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता गरेका हुन ।

उनीहरुले बालिका तथा समावेशी शिक्षा सन्जाल सबलीकरण गर्दै गुनासो सुनुवाइ कार्यविधि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र विद्यालयबाट आएका गुनासाहरुलाई सम्बोधनका लागि पहल गर्ने समेत बताएका छन । उनीहरुले आगामी वर्ष शिक्षामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण लक्षित कार्यक्रमहरुको लागि कम्तीमा पनि १० प्रतिशत बजेट विनियोजन गरी प्रभावकारी रुपमा सदुपयोग गर्ने प्रतिबद्धता गरेका हुन ।

कार्यक्रमको सहजीकरण गर्दै एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीले शिक्षामा समावेशीताको लेखा परीक्षण गर्नुपर्ने बताउनु भएको छ । उहाले स्थानिय शिक्षा योजनामा समेटिनुपर्ने समावेशीताका न्युनतम कार्यक्रमहरु बारे जानकारी दिनु हुदै भर्ना हुदा हरेक ६ ,६ महिनामा बालबालिकाको स्वास्थ्य परीक्षण गरिनुपर्ने, अपांगमैत्री बालसुलभ पानी, धारा, शौचालय तथा कक्षा कोठाको ब्यवस्थापन , स्थानिय दुध , अण्डा , फलफुल, तथा पोषणयुक्त सन्तुलित दिवा खाजा नियमित उपलब्ध गराउने, बालमैत्री तथा बहुभाषिक शिक्षण सिकाइ बिधि अपनाउन सहयोगी शिक्षकको क्षमता बिकास लगायत पुर्व प्राथमिकतामा समेटिनुपर्ने बिषयहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाले आधारभुत ,माध्यमिक तथा अन्य अन्तर सम्वन्धीत क्षेत्रका सम्पूर्ण विद्यालयहरुमा गुनासो पेटीका राख्ने तथा गुनासो सुनुवाइ व्यवस्था संचालन हुनुपर्ने , सम्पूर्ण विद्यालयहरुमा लैंगिक सम्पर्क शिक्षक (गुनासो सुन्नै शिक्षक) तोक्ने तथा उनिहरुको क्षमता विकास गर्ने बालिका तथा समावेशी शिक्षा सञ्जालको कार्यविधि तथा रणनितिको विकास र कार्यान्यन गर्ने, छात्रा, अपाङ्गताभएका तथा सिमाकंकृत बालबालिकाको लागि शिक्षण सहयोग कार्यक्रम संचालन गर्ने, छात्रा लक्षित खेलकुद सामग्री व्यवस्था तथा खेल गतिविधि संचालन गर्ने,छात्राहरुलाई शौचालय नजिक सावुन पानी तथा स्यानीटरी प्याड सहितको चेन्जीइ रुमको ब्यवस्थापन गर्ने,यौनिक तथा लैंगिक अल्पसंख्यक समुहका वालवालिकाको पहिचान गरी आवश्यक सहयोग संयन्त्र विकास गर्ने लगायत अभिभावक शिक्षा कार्यक्रम संचालन गर्ने जस्ता समावेश गर्नु पर्ने विषयहरुको बारेमा सहजीकरण गर्नु भएको थियो ।

यता सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बसन्त प्रसाद कोइरालाले लुम्बिनी प्रदेश सरकारले शैक्षिक पुर्वाधार बिकास लागी लगानीलाई फोकस गरी काम गर्ने बताउनु भएको छ । उहाले गुणस्तरी शिक्षा प्रदान गर्न र शिक्षामा सुधार ल्याउन शिक्षकहरु समेत सोही अनुसार परिमार्जित हुनुपर्ने जोड दिनु भयो ।

शिक्षा नै हरेक क्षेत्रको ढोका भएकोले शिक्षामा लगानी गर्ने बताउनु भएको छ । उहाले प्रदेश सरकारले समेत शिक्षामा लगानी गरी गुणस्तरीय शिक्षा प्रदान गर्नमा सकरात्मक रहेको जोड दिदै शिक्षामा जति लगानी हुन्छ त्यही अनुरुप प्रतिफल पनि प्राप्त हुने भएको आगामी दिनमा शिक्षामा लगानी गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले लुम्बिनी प्रदेशमा शिक्षामा काम गर्ने संघसंस्थाहरुलाई एकद्धार प्रणालीद्धारा अघि बढनु पर्छ भन्ने मान्यताका साथ सहकार्य गर्ने बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेशमा शिक्षामा कुनै भिजन नभएको बताउदै अब दिर्घकालिन भिजन बनाएर काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले तर्दथ पाराले शिक्षामा सुधार नआउने बताउदै लुम्बिनी प्रदेशले २ वटा बिषयमा टेकेर भिजन बनाउन खोजेको बताउनु भयो ।
प्रदेश सचिव पौडेलले संबिधानको अनुसुचीमा राखेको साझा अधिकारको सुची र संबिधानकै अनुसुचीमा रहेको प्रदेश सरकारको शिक्षा सम्बन्धी अधिकारको सुचीमा टेकेर स्थानिय तहको शिक्षाको अधिकारलाई सहयोग हुने गरी निति तथा कार्यक्रम बनाउन खोजेको बताउनु भएको छ । उहाले आगामी दिनमा प्रदेशको एकीकृत शिक्षा निती ल्याउने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय सिंहदरबार काठमाण्डौका सहसचिव युवराज पौडेलले शिक्षाको अवस्था, योजना,प्राथमिकता ,कार्यक्रम , लक्ष्यहरु र तिन तहको भुमिका बारे प्रकाश पार्नु भएको थियो ।

भने लुम्बिनी प्रदेशको शैक्षिक अवस्था, तथ्यांक,शिक्षा योजनाका लक्ष्य, शिक्षाका चालु योजनाहरु, प्राथमिकताा क्षेत्र तथा कार्यक्रमको बारेमा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेश तालिम केन्द्रका प्रमुख दिवाकर भण्डारीले सहजीकरण गर्नु भएको थियो ।

यस्तै गरी शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका दिपक माझीले समावेशी शिक्षा र शिक्षामा समावेशीकरण, बिद्यालय शिक्षामा समता र सामाजिक समावेशीकरणको अवस्था, लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो ।


अन्तरक्रिया कार्यक्रममा रुपन्देहीको मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरई, शिवराज नगरपालिका कपिलवस्तुका नगर प्रमुख अजय थापा, सुद्धोधन गाउपालिका कपिलवस्तुका अध्यक्ष कमलेश शरण चौधरी, सिस्ने गाउपालिकाका अध्यक्ष कृष्ण रेग्मी, बिजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापा लगायतले आफनो पालिकाले शिक्षामा गरेका राम्रा कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

सबिता दङ्गालको स्वागत मन्तब्य रहेकोे अन्तक्रिया कार्यक्रममा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बसन्त प्रसाद कोइराला , एजुकेशनल पेजेजका कार्यक्रम संयोजक राजेन्द्र उफ्रेती , सामाजिक बिकास निर्देशनालयका निमित्त प्रमुख नारायण पोखरेल लगायतले बोल्दै शिक्षामा सुधार ल्याउन स्थानिय तह निती निमार्ण गरी काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

प्रकाशित मिति: २०२५-०५-१५ , समय : १०:३६:०२ , ७ घन्टा अगाडि