लैङ्गिक समानता र समावेसी सम्बन्धी पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम सम्पन्न

रुपन्देही खबर , ३७२  पटक हेरिएको

बुटवल,जेठ १४

सञ्चारीका समुह रुपन्देहीले लैङ्गिक समानता र समावेसी सम्बन्धी पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
सञ्चारीका समुह रुपन्देहीका अध्यक्ष मिना ढकालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्नु हुदै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेले निर्बाचित भएको तीन बर्ष बितिसक्दा बुटवलको हितमा काम गरेको दावी गर्नुभएको छ ।

उहाँले बुटवलको ठूलो समस्या रहेको ज्योतिनगर पहिरो व्यवस्थापन गरी बुटवललाई जोगाउन सफल भएको जिकिर गर्नुभयो । उज्यालो बुटवल प्रथमिकतामा रहेको र काम निरन्तर बढेको उहाँले बताउनुभयो । त्यस्तै पूरानो बटौली संरक्षणमा विशेष योजनाका साथ काम गर्न सफल भएको उहाँको तर्क छ ।

बुटवल–मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानीय सरकारको भेला आयोजना गरी धार्मिक पर्यटन प्रवर्द्धनको लागि वृहत छलफल र अन्तरक्रिया कार्यक्रमको लागि दुई स्थानीय सरकारले पहल गर्ने प्रमुख पाण्डेयले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकालाई रचनात्मक सुझाव दिन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले आग्रह गर्नुभयो । बुटवलको न्याय, अनुगमन र राजस्वको क्षेत्रमा सफलता पूर्वक काम गरेको उपप्रमुख अर्यालको दावी रहेको छ ।

कार्यक्रममा संचारीका समुह रुपन्देहीका निबर्तमान अध्यक्ष निरु गौतम ,पत्रकार महासंघ रुपन्देहीका सचिव सिपी खनाल र बुटवल उपमहानगरपालिका राजस्व शाखा प्रमुख रोसन रेग्मी लगायतले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चारीका समुह रुपन्देहीका उपाध्यक्ष अस्मिना पाण्डेको स्वागत मन्तव्य रहेको थियो भने सचिव पुजा पन्थीले कार्यक्रम संचालनमा गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२५-०५-२८ , समय : १३:४१:१५ , ८ महिना अगाडि