शान्ती पुर्नस्थापना गृह बेलहियाद्धारा ८ जना युवतीको उद्धार

उर्मिला यादव यात्री , २७६  पटक हेरिएको

भैरहवा, जेठ २९

शान्ती पुर्नस्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीले बेलहियाबाट ८ जना युवतीलाई उद्धार गरेको छ । रोजगारीको सिलसिलामा नेपालबाट भारत हुदै युरोपको सोेभाकिया जान लागेका ८ जना युवतीहरुलाई शंकास्पद अवस्थामा सोमबार साझ शान्ती पुर्नस्थापना गृहले उद्धार गरेको हो ।

शान्ती पुर्नस्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीका प्रमुख नितेश चौधरीका अनुसार दिल्ली जाने नेपाल भारत मैत्री बसबाट बेलहिया नाकाबाट भारत हुदै युरोपको सोेभाकिया जादै गरेका उनीहरूलाई सोधपुछ गर्दा कुनै प्रमाण नभेटिएपछि शंका लागेपछि प्रहरीको जिम्मा लगाइएको थियो। युवतीहरुलाई युरोपको सोभाकियामा काम लगाइदिने भन्दै एजेण्टले एक जनाबाट १४ लाख माग गरेको थियो भने एक लाख लिइ सकेको युवतीहरुले बताएका छन ।

१८ देखि २५ बर्ष उमेर समुहका ति युवतीहरु चितवनका हुन । उद्धार गरिएको युवतीहरुलाई  गृह र प्रहरीको रोहबरमा उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको छ । पछिल्लो समय मानवतस्करले विशेष गरेर युवती तथा किशोरीहरुलाई जागिरको प्रलोभन देखाएर भारतबाट अन्य देशमा लैजाने क्रम बढ्दै गएको छ ।

 

प्रकाशित मिति: २०२५-०६-१२ , समय : ०६:४७:४७ , २ हप्ता अगाडि