रुपन्देही खबर , १४७ पटक हेरिएको

नवलपरासी ,असार १
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १० जनता मावि लक्ष्मिपुरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरबाट २०० जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् । रामग्राम-१० की वडा सदस्य चन्द्रधामा रहिदासको अध्यक्षता तथा नगर उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यतामा शिविर सञ्चालन गरिएको हाे ।
कार्यक्रममा प्रशासकीय प्रमुख यमबहादुर कुँवर ,वडा नं १० का अध्यक्ष सुरेश यादव , स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन , शुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटा , मन्झरिया स्वास्थ्य चौकीका प्रमुख राजकुमार श्रेष्ठ लगायतको सहभागिता रहेकाे केयर प्लस हेल्थ क्लिनिकका संचालक दिपेन्द्र यादवले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : ०७:५१:३६ , २ हप्ता अगाडि