रुपन्देही खबर , ८८ पटक हेरिएको

मणिग्राम, असार ३०
रूपन्देहीको मणिग्राम, शंकरपुरस्थित किण्डरवल्र्ड मण्टेश्वरी स्कूलका विद्यार्थीका लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्रीकृष्ण नेत्रालय बुटवल शाखाको प्राविधिक सहयोगमा आज आयोजित शिविरमा ६७ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारीको आँखा जाँच गरिएको थियो । जाँच गरिएका विद्यार्थीमध्ये ७ जना विद्यार्थीको आँखा थप उपचारको लागि रेफर गरिएको विद्यालयका प्रिन्सिपल सुधा खतिवडा पोख्रेलले जानकारी दिनुभयो ।
श्रीकृष्ण नेत्रालयबाट गएका दृष्टि विशेषज्ञ शुभेक्षा भट्टराई र नेत्र सहायक सुनीता सोमैले आँखाको प्राविधिक जाँच गर्नुभएको थियो । स्कूलका संस्थापक केशव पाठक, अध्यक्ष मुक्तिनाथ गैह्रे, स्कूलका निर्देशक सुवर्णा पाण्डेय, लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: २०२५-०७-१४ , समय : २०:३१:५९ , १६ घन्टा अगाडि