त्रिभुवन विमानस्थल आज बेलुकासम्म नै बन्द रहने

रुपन्देही खबर , ३१७  पटक हेरिएको

काठमाण्डौ,भदौ २५

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज बेलुका ६ बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् ।

यसअघि आज बिहान १२ बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो । उपत्यकाभित्र विभिन्न ठाउँमा भएको आगजनीबाट विमानस्थल वरपर एवम् उडान तथा अवतरण मार्गमा देखिएको धुँवा तथा अन्य कारण सुरक्षामा गम्भीर असर देखा पर्ने भएकाले विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०९-१० , समय : ११:५०:३९ , ५ महिना अगाडि