बहादुरगंजमा समुदाय प्रहरी कार्यक्रम सम्पन्न

प्रिन्स मिश्रा , ९२६  पटक हेरिएको

कृष्णनगर , भदौ १२

कपिलवस्तुको बहादुरगंजमा समुदाय प्रहरी कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम ट्राफिक प्रहरी कार्यालय बहादुरगंजका प्रमुख प्रहरी सहायक निरिक्षक प्रकाश बिश्वकर्माको नेतृक्तमा कार्यक्रम सम्पन्न भएको हो ।

बिश्वकर्माले बहादुरगंज आटो रिक्सा ब्यवसायी संघ बहादुरगंजका अटोका ड्राइवरहरुलाई ओवर टेक गर्ने तरिका लगायत , लाइसेंस नभएकाहरुलाई लाइसेन्स बनाउंन र अटोमा जाति सीट हुन्छ त्यती सवारीलाई मात्र बसाल्न ब्रीफिंग गर्नु भएको थियो ।

 

कार्यक्रममा आटो रिक्सा ब्यवसायी संघ बहादुरगंजका अध्यक्ष नियाज़ प्रधान, कोषाअध्यक्ष मन्नान, सचिव जय प्रकाश मौर्याको सहभागिता रहेकोे थियो ।

प्रकाशित मिति: २०२२-०८-२८ , समय : ०४:१८:२५ , २ वर्ष अगाडि