प्रथम सियारी माछा कृषि एवं सांस्कृतिक मेला पर्यटन महोत्सव २०८२ सुरु

उर्मिला यादव यात्री , १०२  पटक हेरिएको

छपिया, माघ १९

प्रथम सियारी माछा कृषि एवं सांस्कृतिक मेला पर्यटन महोत्सव २०८२ आजदेखि सियारी गाउँपालिका–४ छपियामा सुरु भएको छ । सियारी गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सव सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता तथा सियारी–४ का ज्येष्ठ नागरिक इन्दु प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले कृषि, माछापालन र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । उहाले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारी गाउँपालिकालाई कृषि तथा माछा उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताउनु भएको छ । उहाले कृषक, माछापालक र स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नु भयो ।

स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारीको कृषि विकास, माछापालन प्रवद्र्धन र स्थानीय संस्कृतिको जगेर्नाका लागि महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भएको छ । उहाले कृषकलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरूमा गाउँपालिकाको प्राथमिकता रहेको बताउनु भयो ।

यस्तै गरी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कृषि र माछापालन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर व्यवसायिक बनाउने दिशामा गाउँपालिका अघि बढिरहेको बताउनु भएको छ । उहाले महोत्सवले स्थानीय उत्पादनको पहिचान, बजारीकरण र पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

महोत्सवमा सियारी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष अरुण कुमार शाही, वडा नम्बर २ का जनार्दन यादव, वडा नम्बर ४ का अध्यक्ष श्रीराम यादव, वडा नम्बर ३ का रामचन्द्र कुर्मी, वडा नम्बर ५ का धनपति खरेल, वडा नम्बर ६ का शेरबहादुर गुरुङ र वडा नम्बर ७ का दिपक बहादुर शाही लगायत कार्यपालिका सदस्यहरू पदम मिजार, पूर्णकला भट्टराई, महेन्द्र प्रसाद भर, अन्जु रोक्का, कुमारी पासी र संगिता पासी, जिल्ला समन्वय समिति सदस्य विष्णु माया जयसवाल लगायत विभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी, सरोकारवाला ब्यक्तित्व तथा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
महोत्सव अवधिभर कृषि तथा माछासम्बन्धी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-०२ , समय : २१:४१:०३ , ८ घन्टा अगाडि