रुपन्देही खबर , ३ पटक हेरिएको
भैरहवा, कात्तिक २१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ दरखसवाबाट २५ ग्राम ४५० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको जगरनाथपुर निवासी ४० वर्षीय रमायन प्रसाद रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार दरखसवामा लागूऔषध कारोबार भइरहेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रसादलाई २५ ग्राम ४५० मिलिग्राम ब्राउनसुगरसहित फेला पारेको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रसादमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-११-०७ , समय : २०:४९:०० , १८ मिनेटutes अगाडि