कर्तव्य ज्यान मुद्दामा २१ वर्ष देखि फरार प्रतिवादी रुपन्देहीबाट पक्राउ

उर्मिला यादव यात्री , ८५२  पटक हेरिएको

भैरहवा, असोज ५

कर्तव्य ज्यान मुद्दाका २१ वर्ष देखि फरार प्रतिवादीलाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको साविक जोगडा गाविस वडा नं ७ हाल गैडहवा गाँउपालिका वडा नं ५ सिंहवा बस्ने वर्ष ५७ को रामपथी यादव भन्ने रामपति अहिर यादव रहेका छ्न ।

प्रहरीका अनुसार बि.स २०५८ साल साउन महिनाको २१ गते राती दुई बजेको समयमा रुपन्देही साविक विष्णुपुरा गाविस वडा नं ७ मा पसल गरी वस्ने खडक बहादुर श्रेष्ठलाई रामपति अहिर यादवले हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनु भएको छ ।

कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख महिना ३० गतेको फैसला अनुसार जन्म कैद ठहर भई विगत २१ वर्ष देखि फरार रहेका प्रतिवादीलाइ ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको प्रहरी नायब
उपरीक्षक अर्यालले बताउनु भयो ।

पक्राउ परेका यादवलाई जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०९-२१ , समय : २१:५२:२१ , १ वर्ष अगाडि