रुपन्देही खबर , ३९२ पटक हेरिएको
भैरहवा, असोज ३१
बाढी पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रम अन्तर्गत प्रारम्भिक द्रुत लेखाजोखा (आइआरए) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम रुपन्देहीको धकधईमा सम्पन्न भएको छ । रोहिणी गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीको आयोजना तथा युनिसेफ फिल्ड अफिस भैरहवाको सहयोगमा आइतबार रोहिणी–३ स्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय धकधई स्रोत केन्द्रमा कार्यक्रम भएको हो ।
कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर १, २, ४ र ५ गरी चारवटा वडाबाट २२ जना स्वयंसेवकको सहभागीता रहेको गाउँपालिकाकी विपद् व्यवस्थापन शाखा प्रमुख कल्पना खनालले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विपद् कतिबेला आउँछ भन्ने थाहा नहुने बताउनु भएको छ । उहाले ‘विपद् व्यवस्थापनको लागि गाउँपालिकाले प्राथमिकता दिने र सुझाव सल्लाह लिएर अघि बढ्ने बताउनु भएको छ ।
रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानले विपद् अचानक आइपर्ने घटना भएकाले पूर्वतयारी आवश्यक रहेको बताउनु भएको छ ।
कार्यक्रममा सहभागी रामकिशोर यादवले पछिल्लो समय विपद् व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिएको बताउनु भएको छ ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता, सहजकर्ता अमृता अधिकारीको स्वागत तथा गाउँपालिकाका योजना प्रमुख राजकुमार मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राजेश जि.सी. र अमृता अधिकारीले सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: २०२२-१०-१७ , समय : २२:३८:०४ , २ वर्ष अगाडि