रुपन्देही क्षेत्र नम्बर ४(१) बाट प्रदेश सभा सदस्यमा लोसपाले खाता खोल्यो

रुपन्देही खबर , ६६४  पटक हेरिएको

भैरहवा , मंसिर ६

रुपन्देही रुपन्देही क्षेत्र नम्बर ४(१) बाट प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी हुनु भएको छ ।

कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ला (बब्लु) ले ९ हजार २ सय ५३ मत पाउनु भएको छ ।

यस्तै गरी नेपाली कांग्रेसका अष्टभुजा पाठकले ८ हजार २७ मत पाउनु भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : २२:२२:०४ , १ वर्ष अगाडि