श्री सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था भुमहीले विभिन्न कार्यक्रम गरी रजतजयन्ती मनाउदै

उर्मिला यादव यात्री , ३६५  पटक हेरिएको

भुमही , माघ १५

श्री सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले २५ औ बार्षिकोत्सवको अवसरमा रजत जयन्ती समारोह मनाउने भएको छ । रजत जयन्ती समारोह पुर्व तयारी तथा प्रचार प्रसारका निम्ति आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष यमलाल पाण्डेयले २५ औ बार्षिकोत्सवको अवसरमा रजत जयन्ती समारोह माघ १६, १७ र १८ गते गरी तीन दिन मनाउने बताउनु भएको छ। पहिलो दिन यहि माघ १६ गते शेयर सदस्य नम्बर १००१ देखि १५६१ सम्मका शेयर सदस्यहरुका लागि शिक्षा शिविर संचालन गरिने जानकारी दिनु भएको छ यस्तै गरि यहि माघ १७ गते महिला नेतृत्व बिकास तालिम संचालन हुनेछ जसमा महिला शसक्तिकरण टोल संयोजक सहित बढीमा एउटा टोलबाट ३जना सहभागी हुने आयोजकले जनाएको छ ।


यस्तै सोहि दिन नै माबि स्तरिय बक्तृत्वकला प्रतियोगिता रामनगर एकेडेमीको सभा हल भुमहीमा बिहान १०.३० बजे देखि सुरु हुनेछ । यस्तै गरि माघ १८ गते रजत जयन्ती समारोहको उद्घाटन , सम्मान तथा सास्कृतिक कार्यक्रम भुमहीमा हुने संस्थाका अध्यक्ष यमलाल पाण्डेयले जानकारी दिनु भयो । सहकारीले बिगत ३ बर्ष देखि आफ्नै भवनमा हार्डवेयर संचालन गर्दै आएको र शेयर सदस्यहरुलाइ शुपथ मुल्यमा सामान दिदै आएको अध्यक्ष पाण्डेयले बताउनु भयो ।

यस्तै गरी यस सहकारीले सामाजिक उत्तरदायित्वको कामहरु पनि गर्दै आएको छ । जस अन्तर्गत ८४ बर्ष उमेर पुगेका र पुरा भएका जेष्ठनागरिकहरुलाइ ८४ पुजाको दिन वा अन्य समयमा पनि रकम सहित सम्मान गर्दै आएको संस्थाका अध्यक्ष पाण्डेयले बताउनु भयो ।

यस्तै गरि ८०र ७० बर्ष पुरा गरेका जेष्ठनागरिकलाइ पनि सम्मान गर्दै आएको र ७० पुरा भएका शेयर सदस्यहरुलाइ तिर्थाटन लगायत महिला शशक्तिकरण समिति गठन गरि विभिन्न किसिमका तालिम संचालन गर्नुका साथै सुत्केरी भेट्घाट कार्यक्रमलाइ निरन्तरता दिदै आएको संस्थाका अध्यक्ष पाण्डेयले जानकारी दिनु भयो ।

बि.स २०५४ साल माघ १८ गते स्थापना भएको श्री सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थामा एक हजार ४८ महिला , ९ सय ८९ पुरुष गरी कुल दुइ हजार ३७ जना शेयर सदस्य रहेका छन । यस्तै गरी सहकारीमा ३० करोड, १३ लाख ,४५ लाख , ६ सय ८४ रुपैया बचत रहेको छ

प्रकाशित मिति: २०२३-०१-२९ , समय : २१:०२:२८ , २ वर्ष अगाडि