कपिलवस्तुमा २१ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

रुपन्देही खबर , २५३  पटक हेरिएको

काठमाडौं , माघ २०

कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बस्‍ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका-६ बिमिहा बस्‍ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका- बस्‍ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरी २१ लाख ७ हजार १०० बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-०३ , समय : १६:५५:२६ , १ वर्ष अगाडि