प्रकाश न्यौपाने , २९१ पटक हेरिएको
परासी , माघ २५
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुुखको सचिवालय संयोजक शरद पौडेल संगै १२ जनाको नियुक्ति प्रकृया प्रति अख्तियारले चासो राखेको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठको सचिवालयका संयोजक पौडेल सहित १२ जना दैनिक ज्यालादारीका कर्मचारी प्रति अख्तियारको नजर परेको हो । पौडेलले शाखा अधिकृतको बराबर तलब लिदै आएको स्रोतको दाबी छ ।
कर्मचारी राख्दा दरबन्दी सिर्जना नगरी राजनैतिक भागवण्डाका आधारमा आफुखुसी राखिने गरेको आरोप लागी रहेको बेलामा अख्तियारले कर्मचारीहरु कुन प्रकृयाबाट राखिएको हो ? राख्न मिल्ने वा नमिल्ने के हो ? सो सम्बन्धमा जवाफ मागेको हो । अख्तियारको अनुसन्धानको क्रममा प्रकृया पुरा नगरी कर्मचारी राखिएको ठहर भए ति कर्मचारीहरुले हाल सम्म खाईपाई आएको पारिश्रमिक बापतको रकम बेरुजु कायम हुनेछ ।
अख्तियारको पत्रको बारेमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा संग जिज्ञासा राख्दा नगरपालिकामा संगठन ब्यबस्थापन (ओ एन एम ) तयार नभएका कारण अफ्ठेरो भएको प्रतिकृया दिनुभएको छ । नगरले जनताको काम गर्नका लागि कर्मचारी राखेका बताउदै उहाले नगरमा कर्मचारी कम भएका कारणले कर्मचारीहरु दैनिक ज्यालादारीमा राख्नु परेको बताउनु भयो । अहिले अख्तियर १२ जनाको नाम नै तोकेर पत्र आएको बताउदै उहाले पत्र आएपछि तत कर्मचारीलाई जानकारी गराइएको बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०२-०८ , समय : २०:४५:३५ , २ वर्ष अगाडि