कपिलवस्तुमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

प्रिन्स मिश्रा , २१०  पटक हेरिएको

कपिलवस्तु , फागुन ५

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । चिंतास मीडिया नेटवर्क द्वारा आयोजना र शिवराज नगरपालिका वडा नं १० को सहयोगमा तीनदिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो ।

समापन समारोहमा शिवराज वडा नं १० कि वडा अध्यक्ष मंजू मिश्राले सूचना तथा समाचारको माध्यमबाट समाज परिर्वतनको दिशामा अघि बढाउन आमसञ्चार संस्था तथा सञ्चारकर्मीको योगदान अमूल्य हुने बताउनुभयो । स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीसँग सहकार्य गरेर अघि बढ्न वडा कार्यालय तयार रहेको उहाँले बताउनुभयो । तालिममा समाचार लेखन, रेडियो पत्रकारिता, कार्यक्रम संचालन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको चिंतास मीडियाका अध्यक्ष चिंता परियारले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : १०:१३:५४ , २ वर्ष अगाडि