स्वस्तिक सामाजिक बिकास संस्था र रुपन्देही खबरद्वारा होलि मिलन कार्यक्रम

रुपन्देही खबर , ७६८  पटक हेरिएको

मर्चवार, फाल्गुन २२

स्वस्तिक सामाजिक बिकास संस्था सम्मरीमाई ४ रुपन्देहीको आयोजना तथा रुपन्देही अनलाइन खबर प्रा लि सिद्धार्थनगर रुपन्देहीको सह- आयोजनमा आज कोटहीमाई गाउपालिका वडा नं ५ मर्चवारको मझगावामा होलि मिलन कार्यक्रम २०७९ सम्पन्न भएको छ ।

स्वस्तिक सामाजिक बिकास संस्थाको अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षता स्वस्तिक सामाजिक बिकास संस्थाको कार्यकारी निर्देशक अखिलेश्वर शुक्लाको प्रमुख आथित्यतामा होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममाहोलिको शुभकामना दिदै प्रमुख अतिथी शुक्लाले होलिको शुभअवसरमा आपसी भाइचारालाई कायम राखि आफ्नो संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनु भएको छ। उहाले सबैको हातेमालो आवश्यक भएकोले युवाको टिमले सक्रिय भएर काम गर्नु पर्ने बताउनु भयो ।उहाले एकअर्कामा भएको मतभेदलाइ हताउदै होली पर्व मनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा रुपन्देही खबरकी कार्यकारी सम्पादक उर्मिला यादव यात्रीले होली पर्व हामी सबैको साझा पर्व भएकोले यसमा भएको बिकृतीलाइ हटाउदै होली पर्वलाइ सहि तरीकाले मनाउन आग्रह गर्नु भएको छ । उहाले मिडिया मार्फत समाजमा लुकेर , दबिएर रहेका विषयलाइ रुपन्देही खबरले उठाउन गर्ने र सहि दिशा निर्देश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मर्चवारमा पत्रकारिता गर्न चाहने नया आगन्तुकलाइ रुपन्देही खबरको ढोका सधै खुला रहने र आगामी दिनमा पत्रकारिता सम्बन्धी तालिमहरुको आयोजना गर्ने जोड दिनु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स भैरहवा शाखाका म्यानेजर अजय त्रिपाठीले होली पर्व सहि ढंगले मनाउन आग्रह गर्नु भएको छ। उहाले आगामी दिनमा पनि यी दुबै संस्थाको सहकार्य र प्रगतिहोस भन्दै शुभकामना दिनु भएको छ । उहाले होली पर्वलाइ उछृन्खल नबनाइकन मनाउन अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा स्वस्तिक सामाजिक बिकास संस्थाको उपाध्यक्ष बिनय कुमार यादवले युवाहरूलाई सामाजिक संस्थामा जोडदै आर्थिकमुलक क्षेत्रमा जोडन आग्रह गर्नु भएको छ । उहाले युवाहरूलाई सक्षम बनाइ आर्थिक क्षेत्रमा जोडन सके मात्र युवालाई अगाडि ल्याउन सकिने जोड दिनु भयो । उहाले समाजमा रहेका बिकृतिलाइ हटाउदै लैजान युवाहरु सचेत हुनुपर्ने बताउनु भयो ।

यस्तै गरी कार्यक्रमको बिशिस्ट अतिथी अधिवक्ता सोनु बनियाले होलि पर्वको शुभकामना दिदै आउने दिनहरुमा कानुनी सहायता र अन्य सहयोग र सहभागीताको लागि आफु तत्पर रहेको बताउनु भएको छ । उहाले कोभिडको समयमा पनि आफुहरुले सहयोग पुर्याएको भन्दै सबैलाई एकजुट हुन आग्रह समेत गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा स्वस्तिक सामाजिक बिकास संस्थाको अध्यक्ष ज्ञानेश्वर उपाध्यायले होलि मिलन कार्यक्रम २०७९ को शुभकामना दिदै कोभिडको बेला यहि टिमले १२६ परिवारलाई राहत बितरण गरेको र आउने दिनहरुमा यहि टिमले अन्य कार्यक्रमहरुमा नि सरिक हुनेहुदा आफुलाई गौरवान्वित महसुस भएको र कोभिडको बेला सहयोग गर्नुहुने युवाहरू तथा होलिमिलन कार्यक्रममा सहभागी सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिदै सो कार्यक्रमका अध्यक्ष ज्ञानेश्वर उपाध्यायले सहभागीहरुलाई टिका,अबिर लगाएर समापन गर्नु भएको थियो

कार्यक्रममा सामाजिक ब्यक्तित्व हिना तिवारी , सर्वेन्द्र यादव , दिलिप कुमार यादव, राजकुमार यादव, रामभवन मौर्या, धर्मराज यादव लगायत समाजसेवीहरुले होली पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो ।भने कार्यक्रमको संचालन राम जियावन यादवले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०३-०६ , समय : २३:२४:३३ , २ वर्ष अगाडि