रुपन्देही खबर , २२८ पटक हेरिएको
![](https://www.rupandehikhabar.com/wp-content/uploads/2023/04/IMG_20230428_130009.jpg)
काठमाडौं, बैशाख १५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: २०२३-०४-२८ , समय : १३:०३:२८ , २ वर्ष अगाडि